तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

देवदहका वडाध्यक्ष सुनारमाथि विद्यालयको बस खरिद रकम हिनामिना आरोप

रुपन्देहीको देवदह १० चरङगे स्थित सिता माध्यमिक विद्यालयमा लाखौं रुपैयांको अनियमितता भएको भन्दै विरोध गरिएको छ ।

विद्यालयका तत्कालिन लेखा प्रमुख, विद्यालयका पुर्व प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको मिलोमतोमा ९ लाख २५ हजार ३ सय ९१ रुपैया अनियमिता भएको पाईएको हो ।

विद्यालयले गत ४ बर्षदेखि अडिट नगरेकोले हालसम्म अनियमताबारे बाहिर आउन सकेको थिएन । विद्यालयले २०७८÷०७९ को अडिट गर्ने क्रममा उक्त रकम हिनामिना भएको पाईएको विद्यालयका बर्तमान प्रधानाध्यापक उमाकान्त अधिकारीले बताए।

२०७८÷०७९ को अडिट गत पौष १२ गते मात्रै सम्पन्न भएपछि विद्यालयमा अनिमियता भएको आफुहरुले थाहा पाएको विद्यालयका प्रधानाध्यापक अधिकारीले बताए ।

अधिकारी गत बैशाख महिनामा मात्रै प्रधानाध्यापक भएर गएका थिए। त्यसपछि मात्रै विद्यालयको हरहिसावको अडिट गर्ने क्रममा अनिमियता भएको पाईएको अधिकारीले बताए । अडिट गर्ने क्रममा विद्यालयका पुर्व लेखाप्रमुख लालबहादुर रुचालको नामबाट दुई किस्तामा ९ लाख २५ हजार ३ सय ९१ रुपैयां असुल गरेको प्रधानाध्यापक अधिकारीले बताए ।

२०७९ सालदेखि उक्त रकम विद्यालयको खातामा पनि नआएको र त्यसको हिसाव किताव पनि नभएको पाईएको अधिकारीले बताए ।

तत्कालिन अवस्थामा विद्यालय व्यवस्थापन समिति विघटन भएको अवस्थामा वडाअध्यक्ष यकबहादुर सुनार कार्यवहाक अध्यक्ष र प्रधानाध्यापक महेश थैव रहेका थिए । उक्त रकम करिव २ बर्ष विद्यालयको बैंक खातामा नभई व्यक्तिहरुले चलाएको पाईएको छ ।

विद्यालय व्यवस्थापन समिति र नगरपालिकाको शिक्षा शाखाले विद्यालयका कर्मचारीलाई नियमन गर्न नसक्दा विद्यालयमा आर्थिक हिनामिना भएको स्थानीयको आरोप छ । स्थानीय युवाहरुले विद्यालयको आर्थिक हिनामिना भएको भन्दै विद्यालयमा नाराबाजी समेत गरेका थिए ।

उनीहरुले विद्यालयले बार्षिक रुपमा नगरपालिकाको शिक्षा शाखालाई आर्थिक अडिट बुझाउनु पर्नेमा नगरपालिकाले वेवास्ता गर्दा आर्थिक हिनामिना भएको स्थानीय मिनबहादुर गाहाले बताए ।

विद्यालयको आर्थिक हिनामिना गर्नेलाई कानुनी कार्वाही गर्नुपर्ने बताउंदै कार्वाही नगरेमा थप आन्दोलन गर्ने गाहाले बताए ।

युवाहरुले विद्यालय व्यवस्थापन समितिको बैठक बस्ने क्रममा विद्यालयमा नै पुगेर विरोध गरेका थिए । विद्यालयमा भएको आर्थिक हिनामिनाको वारेमा तत्कालिन लेखा प्रमुख र पुर्व प्रधानाध्यापकलाई बोलाएर छलफल गर्न लागिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं देवदह १०, का वडाअध्यक्ष यकबहादुर सुनारले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित