रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

सिटी क्याम्पसले चुम्यो भलिवलको उपाधि

देवदह । लुम्बिनी बौद्ध विश्वविद्यालयको १९औं बार्षिकोत्सवका अवसरमा आयोजना गरिएको शिक्षक÷कर्मचारी अन्तर निकायगत भलिबल प्रतियोगिताको उपाधि सिटी क्याम्पस बुटवलको ‘बी’ टिमले चुमेको छ ।

केन्द्रीय कार्यालयको टिम ‘बी’संग उपाधिका लागि मैदानमा प्रतिष्पर्धा गरेको सिटी क्याम्पसले सोझो सेजमा जित हासिल गरेको छ । जितसंगै बिजेता टिमले पाँच हजार नगद पुरस्कार, शिल्ड र मेडल हात पारेको छ ।

उपबिजेता बनेको केन्द्रीय कार्यालयको टिम ‘बी’ले चार हजार नगद, शिल्ड र मेडल पाएको छ । तेस्रो स्थानका उपाधि केन्द्रीय क्याम्पसले पाएको छ । सिटी क्याम्पसको टीम ‘ए’ लाई सोझो सेटले हराउदै केन्द्रीय क्याम्पसले तीन हजार नगद, शिल्ड र मेडल हात पारेको हो ।

प्रतियोगिताका बिजेताहरुलाई विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुबर्णलाल बज्राचार्य, रजिष्ट्रार डा. तिलकराम आचार्य, डिनहरु डा. माणिकरत्न शाक्य, उकेशराज भूजुले शिल्ड, मेडल र नगद पुरस्कार प्रदान गरेका थिए ।

त्यसअघि भएका पहिलो चरणका खेलमा सिटी क्याम्पसको टिम ‘बी’ले केन्द्रीय कार्यालयको टिम ‘ए’लाई सोझो सेटमा पराजित गर्दै बाई प्राप्त गरी फाइनल प्रवेश गरेको थियो । केन्द्रीय क्याम्पसको टिमले सिटी क्याम्पसको ‘ए’ टिमलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो ।

बाई प्राप्त गरी सोझै सेमिफाइनल खेलेको केन्द्रीय कार्यालयको टिम ‘बी’ले केन्द्रीय क्याम्पसलाई सोझो सेटमा पराजित गरेको थियो ।

शिक्षक तथा कर्मचारीहरुबीच मैत्रीपूर्णता विकास गर्नका लागि देवदहस्थित विकास अध्ययन तथा प्रायोगिक विज्ञान संकायको डिन कार्यालय परिसरमा भएको प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको भलिवल प्रतियोगिता संयोजक रमेश पन्थीले जानकारी दिए ।

केन्द्रीय क्याम्पसबाट शक्तिधर यादवको कप्तानी, सिटी क्याम्पसबाट मेघनाथ खनाल र लालबहादुर बस्नेतको कप्तानीमा दुई टिम तथा केन्द्रीय कार्यालयबाट चुरामणि पोखरेल र यमुना मरासिनीको कम्तानीमा दुई टिम प्रतियोगितामा प्रतिष्पर्धा गरेका थिए ।

प्रतियोगितामा उपप्राध्यापक फुर्पा शेर्पा र सहायक प्राध्यापक मञ्जिल सुबेदीले रेफ्रिको भूमिका निभएका थिए । प्रतियोगिता स्थलमा विश्वविद्यालयका पदाधिकारी, शिक्षक, कर्मचारीका साथै स्थानीय बासिन्दाको समेत उपस्थिति रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार