रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

स्थापना दिवशमा व्याडमिन्टन प्रतियोगिता

बुटवल । रुपन्देही उद्योग संघले ४६ औं स्थापना दिवश तथा औद्योगिक दिवश–२०८० को अवसरमा विहिवार व्यवसायीक संघसंस्थाहरुवीच व्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ ।

रुपन्देहीमा क्रियाशिल व्यवसायीक संघसंस्थाहरुको सहभागिता रहेको प्रतियागितामा इट्टा व्यवसायी संघ प्रथम भएको भएको छ ।

फाइनलमा आयोजक रुपन्देही उद्योग संघको जोडी वोनिन पिया र जिवकान्त काफ्लेवीच प्रतिस्पर्धा भएको थियो जसमा इट्टा व्यवसायी संघको जोडि दिलिप गौचन र बाबुराम पाठक विजयी भई प्रथम भएको हो । फाइनलमा दिलिप गौचन र बाबुराम पाठकको जोडिले २१–१६ र २१–१६ को सोझो सेटमा जित निकालेको थियो । प्रतियोगितामा वोनिन पिया र जिवकान्त काफ्लेको जोडि दोस्रो तथा हिरामणी भट्टराई र गोविन्द भुसाल तथा यादव भण्डारी र कमल ज्ञवालीको जोडि तस्रो भएको छ ।

पहिलो सेमिफाइनलमा रुपन्देही उद्योग संघको हिरामणी भट्टराई र गोविन्द भुसाल तथा दिलिप गौचन र बाबुराम पाठकको जोडि खेलेको थियो भने दोस्रोमा वोनिन पिया र जिवकान्त काफ्ले तथा औद्योगिक क्षेत्र उद्योग संघको यादव भण्डारी र कमल ज्ञवालीको जोडि खेलेको थियो ।
प्रतियोगितामा नेपाल पत्रकार महासंघ, रुपन्देही उद्योग संघ, इट्टा व्यवसायी संघ, उद्योग व्यापार संघ, बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघकातर्फबाट १२ टिम सहभागिता रहेको कार्यक्रम संयोजक बल बहादुर गोदारले बताए ।

प्रतियोगिता न्यू लुम्बिनी व्याडमिन्टन क्लबको शिवनगर सामुदायीक वनमानिर्मित कर्वड हलमा आयोजना गरिएको थियो । प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि संघका पुर्व अध्यक्ष वोनिन पियाले गरेका थिए भने कार्यक्रम सञ्चालन महासचिव हिरामणी भट्टराईले गरेका थिए । कार्यक्रमका संयोजक वलबहादुर गोदारले सहभागी खेलाडी र टिमलाई धन्यवाद दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित