रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि पौवाका शाखा विस्तार तिव्रः मूलकोट र हलेसीमा पनि रिसोर्ट संचालन                
समाचार :

स्थापना दिवशमा व्याडमिन्टन प्रतियोगिता

बुटवल । रुपन्देही उद्योग संघले ४६ औं स्थापना दिवश तथा औद्योगिक दिवश–२०८० को अवसरमा विहिवार व्यवसायीक संघसंस्थाहरुवीच व्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ ।

रुपन्देहीमा क्रियाशिल व्यवसायीक संघसंस्थाहरुको सहभागिता रहेको प्रतियागितामा इट्टा व्यवसायी संघ प्रथम भएको भएको छ ।

फाइनलमा आयोजक रुपन्देही उद्योग संघको जोडी वोनिन पिया र जिवकान्त काफ्लेवीच प्रतिस्पर्धा भएको थियो जसमा इट्टा व्यवसायी संघको जोडि दिलिप गौचन र बाबुराम पाठक विजयी भई प्रथम भएको हो । फाइनलमा दिलिप गौचन र बाबुराम पाठकको जोडिले २१–१६ र २१–१६ को सोझो सेटमा जित निकालेको थियो । प्रतियोगितामा वोनिन पिया र जिवकान्त काफ्लेको जोडि दोस्रो तथा हिरामणी भट्टराई र गोविन्द भुसाल तथा यादव भण्डारी र कमल ज्ञवालीको जोडि तस्रो भएको छ ।

पहिलो सेमिफाइनलमा रुपन्देही उद्योग संघको हिरामणी भट्टराई र गोविन्द भुसाल तथा दिलिप गौचन र बाबुराम पाठकको जोडि खेलेको थियो भने दोस्रोमा वोनिन पिया र जिवकान्त काफ्ले तथा औद्योगिक क्षेत्र उद्योग संघको यादव भण्डारी र कमल ज्ञवालीको जोडि खेलेको थियो ।
प्रतियोगितामा नेपाल पत्रकार महासंघ, रुपन्देही उद्योग संघ, इट्टा व्यवसायी संघ, उद्योग व्यापार संघ, बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघकातर्फबाट १२ टिम सहभागिता रहेको कार्यक्रम संयोजक बल बहादुर गोदारले बताए ।

प्रतियोगिता न्यू लुम्बिनी व्याडमिन्टन क्लबको शिवनगर सामुदायीक वनमानिर्मित कर्वड हलमा आयोजना गरिएको थियो । प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि संघका पुर्व अध्यक्ष वोनिन पियाले गरेका थिए भने कार्यक्रम सञ्चालन महासचिव हिरामणी भट्टराईले गरेका थिए । कार्यक्रमका संयोजक वलबहादुर गोदारले सहभागी खेलाडी र टिमलाई धन्यवाद दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार