

देवदह प्रेस क्लबको आयोजनामा प्रथम देवदह मिडिया कप २०८० हुने भएको छ । ‘स्वास्थ्य र स्वस्थ पत्रकारिताका लागि खेलकुद’ नारासहित मंसिर १४–१६ सम्म मिडिया हाउसमा कार्यरत संचारकर्मीहरुका बिचमा सेभेन ‘ए’ साईड फुटबल प्रतियोगिता हुने भएको हो ।
पत्रकारहरु मानसिक र शारीरिक स्वस्थ्यप्रति सजग हुनुपर्छ भन्ने मान्यता विकास गर्न प्रतियोगिता गर्न लागेको आयोजक क्लबका अध्यक्ष विष्णु पोखरेलले बताए ।
पानबारी खेलमैदानमा हुने प्रतियोगिताको उपाधि विजेता टिमले नगद ५१ हजार १ सय ११ रुपैयाँ, कप, मेडल प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद ३१ हजार १ सय ११ रुपैया, कप, मेडल, प्रमाणपत्र पुरस्कृत गरिने उनले बताए ।
क्लबका सचिव निर्मल थापाले ३ दिनसम्म संचालन हुने प्रतियोगितामा डेढ दर्जन टिमले भाग लिने अनुमान रहेको बताए । कुल १२ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको उनले बताए ।