रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

सृजनशिल युबा क्लवको आयोजनमा वडा स्तरीय भलिबल कार्यक्रम सम्पन्न

बुटवल । सृजनशिल युबा क्लब अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ९ को आयोजना भएको वडा स्तरिय भलिवलमा साविक वडा नं. ३ ‘ए’ प्रथम भएको छ ।
क्लबका पुर्व कोषाध्यक्ष स्र्वर्गीय उत्तम केसि को सम्झनामा भएको वडा स्तरिय भलिवल प्रतियोगितामा साविकको वडा नं. ३ ‘ए’ प्रथम भएको हो । त्यस्तै साविकको वडा नं. ३ सक्रेटी द्धितिय तथा साविकको वडा नं. १ ले तृतिय स्थान हासिल गरेको कार्यक्रम संयोजक तुल्सी आचार्यले जनाकारी दिए ।
प्रथम, द्धितिय र तृतिय हुने टिमले क्रमश १० हजार, ५ हजार र ३ हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरे । विजयी टिमलाई सन्धिखर्क नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष पदम बहादुर भुसाल, क्लवका अध्यक्ष विजय कार्कीले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए ।


प्रतियोगितामा १५ टिमको सहभागिता रहेको थियो । पुरस्कार वितरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि रहेका वडा नं. ९ का वडा अध्यक्ष पदम बहादुर भुसालले खेलकुदको विकास आजको आवश्यकता रहेको भन्दै वडा स्तरबाट पनि खेल र खेलाडिको मनाबेल उच्च राख्ने काम गरिरहेको बताए ।
कार्यक्रममा क्लबका सस्थापक अध्यक्ष प्रकाश आचार्य र सस्थापक सचिब वसन्त केसी लगाएतले बोलेका थिए । कार्यक्रम क्लबका सचिब इश्वरि केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित