बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ- प्रदेश प्रमुख शेरचन ३ करोडको लगानीमा बुटवलमा खुल्यो ग्याष्ट्रो सेन्टर, फाइब्रोस्क्यान सेवा समेत उपलव्ध हुने (भिडियो) स्थापना दिवशमा व्याडमिन्टन प्रतियोगिता ‘कृषि क्षेत्रमा समस्यै–समस्या’ आम्दामा चिकित्सकमाथि आक्रमण प्रकरणः कारबाहीको माग गर्दै डाक्टरहरू आन्दोलनमा रोटरी क्लब अफ बुटवलले ३१ औ स्थापना दिवस भोली मनाउँने बीबी एअरवेजले भैरहवा बाट मलेसियामा उडान भर्ने तयारी आज पनि हल्का वर्षा र हिमपातको सम्भावना लुम्बिनी बौद्ध विश्वविद्यालयको बार्षिकोत्सवमा सरसफाई र रक्तदान लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना दिवसमा सिटी क्याम्पसमा रक्तदान                
समाचार :

शान्तिमा सेभेन ए साइड फुटवल प्रतियोगिता हुने

बुटवल । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको स्पोट्स क्लवको आयोजनामा जिल्ला स्तरीय फुटवल प्रतियोगिता हुने भएको छ । रुपन्देही जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबीच प्रतियोगिता हुन लागेको हो ।

यहि असोज २४ गतेदेखि हुने सेभेन ए साइड फुटवल प्रतियोगितामा करीव ३० समूहको सहभागिता रहने छ । प्रतियोगिता मार्फत रुपनदेहीका विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुबीच सद्भाव र आत्मीयता बढाउने उद्धेश्य राखिएको विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले बताए ।

गत वर्ष जस्तै यस वर्ष पनि जिल्ला स्तरीय प्रतियोगिताको माध्यमबाट स्वास्थ्य र सम्बन्ध दुबैमा योगदान पुगोस् भन्ने मान्यताका साथ प्रतियोगिता आयोजना गरिएको शान्ति स्पोट्स क्लवका अध्यक्ष राजेन्द्र के.सी.ले बताए ।

शान्ति नमुनाको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताका विजेताहरुलाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिने खेल संयोजक दिनेश खड्काले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार