रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

शान्तिमा सेभेन ए साइड फुटवल प्रतियोगिता हुने

बुटवल । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको स्पोट्स क्लवको आयोजनामा जिल्ला स्तरीय फुटवल प्रतियोगिता हुने भएको छ । रुपन्देही जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबीच प्रतियोगिता हुन लागेको हो ।

यहि असोज २४ गतेदेखि हुने सेभेन ए साइड फुटवल प्रतियोगितामा करीव ३० समूहको सहभागिता रहने छ । प्रतियोगिता मार्फत रुपनदेहीका विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुबीच सद्भाव र आत्मीयता बढाउने उद्धेश्य राखिएको विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले बताए ।

गत वर्ष जस्तै यस वर्ष पनि जिल्ला स्तरीय प्रतियोगिताको माध्यमबाट स्वास्थ्य र सम्बन्ध दुबैमा योगदान पुगोस् भन्ने मान्यताका साथ प्रतियोगिता आयोजना गरिएको शान्ति स्पोट्स क्लवका अध्यक्ष राजेन्द्र के.सी.ले बताए ।

शान्ति नमुनाको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताका विजेताहरुलाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिने खेल संयोजक दिनेश खड्काले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित