रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

क्रिकेट क्षेत्रमा उदाउँदो तारा बन्दै गुल्मी हुँगाका अशोक पौडेल

बुटवल । गुल्मीको हुँगाका अशोक पौडेलले नेपाली क्रिकेट क्षेत्रमा एक उदयमान खेलाडिको पहिचान बनाउन सफल भएका छन् ।

सानो उमेर देखि क्रिकेट खेल हेर्न र खेल्न मन पराउने अशोक अहिले आफ्नै मेहनत र परिबारको साथले अन्डर–१९ राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा परेका छन् ।


गुल्मीको छत्रकोट गाउँपालिका वडा नं. १ हुँगामा जन्मिएका पौडेल अहिले अन्डर–१९ राष्ट्रिय क्रिकेट टिमको क्लोज क्याम्पमा परेका हुन । बुवा शोभाखर पौडेल र आमा तुल्सा पौडेलको काखबाट जन्मिएका अशोकको बाल्यकाल गुल्मीमै वित्यो ।

कक्षा १ देखि ३ सम्म गुल्मीमै पढेका उनले कक्षा ४ र ५ भने बुटवलमा रहेको ह्वाईड बोडिङ स्कुलमा पढे । त्यसपछि अध्यायनका लागि उनी काठमाडौं पुगे । क्रिकेट खेल प्रति उनको रुची भएपनि गाउँमा त्यत्ति सहज भएन । उनी अध्यायनकै लागि काठमाडौंमा पुग्दा १२ बर्षको उमेरमा क्रिकेट खेल्न सुरु गरे ।

काठमाडौंमा रहेको ग्रेड हिमालय क्रिकेट एकेडेमी बाट प्रशिक्षण लिएपछि औपचारिक क्रिकेट खेल्न थालेका पौडेल अथक मेहनत र परिश्रम बाट अन्डर–१९ राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा परेका हुन । बन्द प्रशिक्षणमा पर्नु अघि उनले प्रदेश स्तरिय क्रिकेट खेल समेत खेलेका थिए ।

अन्डर–१९ प्रदेश स्तरिय क्रिकेट प्रतियोगितामा ३ बर्ष सम्म बाग्मती प्रदेशबाट खेलेका अशोक बुवा र आमाको प्रेरणाले नै क्रिकेटमा रुची बढ्दै गएको बताउँछन् ।

अन्डर–१९ मा पहिलो पटक छनोट भएपनि ईन्जुरीका कारण खेल्न नपाएका अशोकले पछि प्रधानमन्त्री कप क्रिकेट खेले । नुवाकोट बाट पिएम कप खेलका अशोकले काठमाडौं विरुद्ध ६० रन बनाएका थिए । त्यसपछि फेरी ईन्जोरी भयो ।

‘खेल्ने क्रममा ईन्जोरी भएपछि डाक्टरले ४० दिन आरा मगर्न सल्लाह दिनुभएको थियो । तर २० दिनपछि अन्डर–१९ को गेम भएकोले २० दिनमै खेल खेले बाग्मतीबाट । त्यो बेला कर्णालीलाई ५८ रन हानेको थिए’ उनले भने ।

तस्वीरः हाम्रो खेलकुद

उनले अहिले बन्द प्रशिक्षणमा भएपनि आफु अन्डर–१९ राष्ट्रिय टिममा पर्ने आशा गरेको बताए । उनले आफुले क्रिकेट खेल्ने मौका पाए देशका लागि क्रिकेट खेल्ने बताए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित