कुशलकी आमा भन्छिन्– साग केलाउँदै छोराको कीर्तिमानी खेल हेरेँ आज देखि लुम्बिनी केबलकार तीन दिन बन्द अनेरास्ववियु लुम्बिनीको अध्यक्षमा रोल्पाका सन्तोष बाठा निर्वाचित सियारीका अतिविपन्न १४ परिवारलाई घर भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा विमानस्थलको धानवमार्ग र पर्खाल भित्रको जग्गा व्यक्तिका नाममा दर्ता बुटवल उद्योग वाणिज्य संघमा हरीप्रसाद अर्याल प्यानलको उम्मेद्वारी घोषणा होराइजन कलेज, होराइजन गौतम बुद्ध मा.विमा रेडक्रम सर्कल गठन तथा वृक्षरोपण कार्यक्रम तिलोत्तमाको जनता मा.विले भित्रायो दुई बर्षे निःशुल्क औद्योगिक प्रशिक्षण तालीम तस्वीरमा हेर्नुहोस्– ४० करोडमा खोलिएको वृज ग्लास उद्योग माओवादी संग भागबन्डा मिलाउन नसकेपछि गुहार माग्न लुम्बिनीका मुख्यमन्त्री काठमाडौंमा                
समाचार :

आन्तरिक ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

बुटवल ।
न्यु लुम्बिनी ब्याडमिन्टन क्लबका खेलाडीहरु बिच खेल विकास गर्न आन्तरिक प्रतियोगिता २०८० सम्पन्न भएको छ।
न्यु ब्याडमिन्टन क्लबको हलमा भएको समूह (ए) को फाईनलमा दीप आचार्य र दिपक अधिकारी क्षेत्रीको जोडीले बोनिन पिया र किरण थापाको जोडीलाई २-१ को सेटमा जित निकाल्दै उपाधि जिते। समूह ए मा रोहित पुरी र नारायण तिवारीको जोडी तेस्रो भए।
यसैगरि समूह (बि) मा दिनेश कुमार प्रधान र बोम बहादुर थापाको जोडीले कमल ज्ञवालीले र रमेश पाण्डेको जोडीलाई २-० को सेटमा पराजित गर्दै प्रथम भएका छन। कमल ज्ञवालीले र रमेश पाण्डेको जोडी उपविजेतामा चित्त बुझाए। समुहमा नरेश कुमार श्रेष्ठ र दल बहादुर गाहा तेस्रो भए।
समुह (सि) मा उमाशंकर मालपानी र प्रेम न्यौपानेको जोडीले फाईनल खेलमा महेन्द्र ध्वजु र कृष्ण खनालको जोडीलाई २-१ को सेटमा पराजित गर्दै विजेता बने । महेन्द्र ध्वजु र कृष्ण खनालको जोडी उपविजेतामा चित्त बुझाए। यसैगरि यो समुहमा धनकुमार श्रेष्ठ र हरिशंकर गुप्ता र दिलिप सापकोटा र विजय खनाल तेस्रो भए।
प्रतियोगितामा समूह (सि) मा ४ टिम, (बि) ११ टिम र (ए) मा ६ टिमले भाग लिएको क्लबका सहकोषाध्यक्ष तथा संयोजक गोबिन्द श्रेष्ठले बताए।
एक समारोहका बिच प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जय प्रकाश भट्टराई, क्लबका अध्य‍क्ष बोनिन पिया, महासचिव जिवकान्त काफ्ले पुरस्कार वितरण गरे।
सदस्य सचिव जय प्रकाश भट्टराईले नियमित खेलकुद गतिविधि र प्रतियोगिताबाट नै खेल विकास हुने भन्दै यसमा सरोकारवाला निकायहरु लाग्नुपर्ने बताए। नेपालमा ब्याडमिन्टन खेलको लोकप्रियता बढेको भन्दै नेपालमा सरकारको प्राथमिकताको ११ खेलमा ब्याडमिन्टन पर्ने उनले बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार