रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

बुटवल उपमहानगरले खेलाडी उत्पादन गर्न विद्यालय स्तरीय फुटबल प्रतियोगिता गर्ने

बुटवल उपमहानगरपालिकाले खेलाडी उत्पादनका लागि बुटवलमा विद्यालयस्तरीय फुटबल प्रतियोगिता गर्ने भएको छ।

खेलाडी उत्पादनका लागि विद्यालयस्तरबाटै लगानी गर्ने उदेश्य राखेर विद्यालयस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने तयारी गरेको बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिए ।

मंगलबार खेल पत्रकारहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा संयोजक पियाले नगरलाई खेलाडी उत्पादन, खेल प्रतियोगिता र भौतिक संरचना तयार गर्नका लागि चासो दिएको बताए ।

उनका अनुसार नगरस्तरीय विद्यालयहरुका बीचमा मेयरकप फुटबल प्रतियोगिताका लागि २० लाख रुपैयाँ छुट्याइएको छ। यसक्षेत्रकै उत्कृष्ट राशीको विद्यालयस्तरीय प्रतियोगिता हुने र यसले खेलाडी उत्पादनमा समेत सहयोग गर्ने उनले बताए ।

‘खेलक्षेत्रमा ठूला प्रतियोगिता गर्नेमा मात्रै ध्यान दिएर हुँदैन, अब यसलाई फरक दृष्टिले हेर्नुपर्छ र नगरमै खेलाडी उत्पादन गर्नेतर्फ जोड दिने र संरचना निर्माणतर्फ बढी चासो दिनेछौं’-उनले भने ।

चालु आर्थिक वर्षमा बुटवल उपमहानगरपालिकाले खेलकुदका लागि २ करोड १७ लाख रुपैयाँ विनियोजन गरेको र विद्यालयस्तरीय फुटबल प्रतियोगिता, तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, लनटेनिस, क्रिकेट, आर्चरी, ब्याडमिन्टन प्रतियोगितालाई विशेष प्राथमिकता दिएको उनले बताए।

यस्तै खेलकुद मैदान स्तरोन्नति, खेलकुद प्रशिक्षक, खेल शिक्षकलाई तालिम, खेलाडी र प्रशिक्षक सम्मान जस्ता कार्यक्रमका लागि बजेट विनियोजन भएको उनले बताए।

उनले छिटै नै वार्षिक रुपमा आयोजना हुने खेलकुदहरुको खेलतालिका तयार गरेर सोहीअनुसार आयोजना गर्ने र गर्नका लागि अनुरोध गरिने बताए।

खेलकुद विकास समितिका सदस्य सचिव तथा खेलकुद शाखा प्रमुख कोपिला ज्ञवालीले खेलकुद क्षेत्रलाई थप व्यवस्थित बनाउनका लागि खेल पत्रकार, खेलकुद क्लब तथा संस्थाहरु, विद्यालयहरुसँग छलफल तथा अन्तरक्रिया गरिने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार