रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

रुपन्देहीमा बिद्युत प्राधिकरण स्तरिय राष्ट्रिय ब्याडमिन्टन प्रातियोगिता आयोजना

बुटवल । नेपाल बिद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन, खेलकुद बिभागको आयोजनामा रुपन्देहीमा राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रातियोगिता आयोजना गरिएको छ । नेपाल बिद्युत प्राधिकरण स्तरिय राष्ट्रिय प्रातियोगिता रुपन्देहीमा पहिलो पटक आयोजना गरिएको हो ।

प्रतियोगिता साउन ४ देखि ६ गते सम्म रुपन्देहीको तिलोत्तमा ब्याडमिन्टन क्लबमा सञ्चालन हुने युनियनका लुम्बिनी प्रदेश अध्यक्ष तथा खेल संयोजक टेक बहादुर बुढाले जानकारी दिए ।

प्रतियोगितामा बिभिन्न चार इभेन्ट्समा खेल खेलाइने र बिजेता खेलाडीलाई उत्कृष्ट पुरस्कारको व्यवस्था गरिएको संयोजक बुढाले जानकारी दिए । प्रतियोगिताका इभेन्टहरुमा मेन्स डवलका बिजयी खेलाडी लाई प्रथम पुरस्कार रु ४० हजार, दिृतीय रु २० हजार र तृतीय पुरस्कार रु. १० हजार राखिएको छ । यस्तै वोमेन डवल तर्फ प्रथम पुरस्कार रु ३० हजार, दिृतीय पुरस्कार रु १५ हजार र तृतीय पुरस्कार रु ७ हजार ५ सय राखिएको संयोजक बुढाले बताए । यस्तै अधिकृत सतरको इभेन्टमा प्रथम पुरस्कार रु ३० हजार, दिृतीय पुरस्कार रु १५ हजार र तृतीय पुरस्कार रु ७ हजार ५ सय र भेट्रान डवल तर्फ प्रथम पुरस्कार रु ३० हजार, दिृतीय पुरस्कार रु १५ हजार र तृतीय पुरस्कार रु ७ हजार ५ सय राखिएको छ ।

उनले प्रतियोगितामा देसभरिका बिद्युत प्राधिकरण अन्तर्गतका खेलाडी मध्ये ४ वटै बिद्यामा ६० भन्दा बढी समूहको सहभागिता रहने अपेक्षा गरिएको बताए ।

प्रतियोगिता अन्तर्गत साउन ४ र ५ गते सेमिफाइनल प्रतियोगिता सञ्चालन हुनेछन भने साउन ६ गते फाइनल प्रातियोगिता सञ्चालन हुने संयोजक बुढाले जानकारी दिए । यस्तै ६ गते उर्जा मन्त्री शक्तिबहादुर बस्नेतको प्रमुख आतिथ्यता तथा नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिंसिङ्को आतिथ्यतामा पुरस्कार वितरण तथा बिशेष कार्यक्रम आयोजना गरिएको बुढाले जानकारी दिए ।

 

 

 

 

 

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित