रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

प्रेस चौतारीको प्रदेशस्तरीय फुटसलमा दाङ विजयी

प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशस्तरीय फुटसल प्रतियोगिता २०८० को उपाधि दाङले जितेको छ । बिहीबार भएको फाइनल खेलमा दाङले बाँकेलाई ६-२ गोल अन्तरले पराजित गर्‍यो । उपाधिसँगै दाङले नगद ३० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ ।

उपविजेता बाँकेले नगद १५ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्‍यो । प्रतियोगितामा बाँकेका कुमार श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद ३ हजार, प्रमाणपत्र, कपबाट पुरस्कार भए । यसैगरी उत्कृष्ट गोलकिपर बाँकेकै केशव राना, सर्वाधिक गोलकर्ता दाङका किरण नेपाली, उत्कृष्ट डिफेन्डर नवलपरासीका टेक हरिजन, रुपन्देहीका रतन कंडेल उत्कृष्ट फरवार्डबाट पुरस्कृत भए ।

प्रतियोगिताकै अवसरमा नेकपा एमाले र प्रेस चौतारी तथा पत्रकार महिलाहरुका बीचमा समेत मैत्रीपूर्ण फुटसल खेलाइएको थियो ।

योगिकुटीस्थित लुम्बिनी फुटसल एरिनामा एक समारोहका बीच नेकपा एमालेका उपमहासचिव तथा प्रचारविभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

गुरुङले खेलकुद मानिसको स्वास्थ्यको लागि पनि अति जरुरी रहेको भन्दै यस्ता कार्यक्रमलाई आपसी मेलमिलाप र एकताको भावनालाई उजागर गर्ने बताए ।

कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, महासचिव हिरामान लामा, उपाध्यक्षद्वय राजेश राई र सविन प्रियासन, केन्द्रीय सचिव प्रदीप आचार्य, प्रदेश अध्यक्ष शोभाखर पोखरेल, महासचिव निरु गौतम, केन्द्रीय सदस्य अमृत गिरी, प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले प्रदेशस्तरीय फुटसल आयोजना गरेर प्रेस चौतारी रुपन्देहीले आपसी अन्तरसम्बन्धलाई स्थापित गरेको बताएका थिए ।

कार्यक्रममा जिल्ला अध्यक्ष लक्ष्मण पौडेलले खेलकुदमार्फत पत्रकारहरुलाई भ्रातृत्व विकासमा टेवा पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित