रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

खेलकुद गतिविधि गरेर निबोधले मनायो नवौ स्थापना दिवस

बुटवल ।
बुटवलको निबोध एरोबिक एण्ड जिमले आफ्नो नवौ स्थापना दिवस विविध खेलकुद गतिविधि गरि मनाएको छ । खेलाडीहरु बिच आन्तरिक प्रतियोगिता तथा सम्मान कार्यक्रम गरि स्थापना दिवस मनाईएको हो । मेन्स ६५ केजि तल पावर लिफ्टिङमा प्रविन थापाले कुल २ सय ९० के.जी तौल उठाउदै प्रथम, आकाश बर्माले २ सय ९० के.जी तौल उठाउदै दोस्रो तथा २ सय ४५ के.जी तौल उठाउदै संदीप बगाले तेस्रो भएका छन । यसैगरि मेन्स ६५.१ केजी तौल माथि समुहमा बिबेक थापाले ३ सय ८७ के.जी तौल उठाउदै प्रथम भए । यसैगरि जतिन थैवले ३ सय ५० के.जी तौल उठाउदै दोस्रो तथा संदीप सहानीले २ सय ८७ के.जी तौल उठाउदै तेस्रो भए ।
मेन्स टायर फ्लिप एक मिनेट प्रतिस्पर्धामा राजेन्द्र भाट ३२ पटक फ्लिप गर्दै प्रथम, संदीप सहानी ३१ पटक फ्लिप गर्दै दोस्रो तथा प्रबिन थापाले ३० पटक फ्लिप गर्दै तेस्रो भए ।
बुमन्स डेडलिफ्टमा पुनम थापाले १ सय २५ के.जी तौल उठाउदै प्रथम भए । शोभा कुंवरले १ सय २५ के.जी तौल उठाउदै दोस्रो तथा संदीप बगालेले ८५ के.जी तौल उठाएको तेस्रो भए । यसैगरि वुमन्स बक्स जम्प १ मिनेटमा प्रतिस्पर्धामा शोभा कुंवरले २४ पटक जम्प गर्दै प्रथम, युवता थापाले २३ पटक जम्प गर्दै दोस्रो तथा मिना दर्लामीले २० पटक जम्प गर्दै तेस्रो भए ।
वुमन्स टायर फ्लिप एक मिनेट प्रतियोगितामा शोभा कुंवर २७ पटक फिल्प गर्दै प्रथम भए । युवता थापाले २० पटक फ्लिप गर्दै दोस्रो तथा सबिना श्रेष्ठले १९ पटक फ्लिप गर्दै तेस्रो भईन। यसैगरि भ्यालुयबल जिम मेम्बर बर्ष –२०७९ बाट रबिन श्रेष्ठ, जतिन थैव र रामु रेग्मी पुरस्कृत भए। यस जिमको अनुसाशित वर्ष २०७९ बाट पुनम धारा, निरन्तरताको उपस्थिति वर्ष २०७९ बिकाश पाण्डे, बडि ईम्प्रोभ वर्ष २०७९ सुशान्त पोख्रेललाई सम्मान गरिएको थियो ।
एक कार्यक्रमका बिच खेलकुद पत्रकार तथा बुटवलटुडे अनलाईनका उपसम्पादक स्वस्तिक श्रेष्ठ, रुपन्देही जिल्ला पावर लिफ्टिङ संघका अध्यक्ष चन्द्रमान श्रेष्ठ, जिमका संचालक मन्जिता राजभण्डारी, सुसिलादेवि श्रेष्ठ, निर्मलादेवि श्रेष्ठ, बिष्णुमान श्रेष्ठले विजेता, उपविजेता खेलाडीहरुलाई मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरेका थिए । यसैगरि रुपन्देही जिल्ला पावलिफ्टिङ संघको आयोजनामा भएको प्रतियोगितामा उपाधि विजेता राष्ट्रिय खेलाडी मन्जिला राजभण्डारी, प्रथम मिस्टर उजिरसिंह शारीरिक सुगठन प्रतियोगिता–२०७९ मा सहभागी भई ७० प्लस तौलसमुहमा तेस्रो भएका सुरेश दर्नाल, ५५ प्लस तौल समुहमा पाचौ स्थान हासिल गर्ने नवीन थापालाई सम्मान गरिएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार