रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

फ्रेन्ड्स क्लवलाई पराजित गर्दै मनाङ मस्र्याङदी क्लव तिलोत्तमा गोल्डकपको फाईनलमा, शनिबार सुदुरपश्चिम ११ संग भिड्ने

पेनाल्टी सुटआउंटमा ४–३ ले फ्रेन्ड्स क्लवलाई पराजित गर्दै मनाङ मस्र्याङदी क्लव बुटवलमा जारी २२ औं तिलोत्तमा गोल्डकपको फाईनलमा पुगेको छ । मनाङ मस्र्याङदीले शनिबार सुदुरपश्चिम ११ संग फाईनल प्रतिस्पर्धा गर्नेछ । विहिबार भएको दोस्रो सेमिफाईनल खेलमा निर्धारित समयको खेल २÷२ को बराबरी भएपछि खेल नतिजाको टुंगो पेनाल्टीबाट लिइएको थियो । त्यस अघि सुरुवाती अग्रता भने फ्रेन्ड्स क्लवले लिएको थियो । पहिलो हाफको ७ औं मिनेटमा फ्रेन्ड्स क्लवका रफिक अमिनोले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको २६ औं मिनेटमा लक्ष्मण रुचालको क्रसमा उत्तम राईले गोल गर्दै टिमलाई २–० को अग्रता बनाए । तर पहिलो हाफको ईन्जुरी समयमा मनाङ मस्याङदीका आशिस गुरुङले गोल गर्दै टिमलाई २–१ को स्थिती बनाए । पहिलो हाफ सम्म २–१ को अग्रता बनाएको फ्रेन्ड्स क्लवले दोस्रो हाफको २ मिनेटमै गोल खान पुग्यो । मनाङ मस्याङदीका प्रसन्न श्रेष्ठले गरे । त्यसपछि दुवै टिमबाट निर्धारित समयमा कुनै पनि गोल हुन सकेन र खेल २÷२ को बराबरी हुन पुग्यो । त्यसपछि खेलको नजिता पेनाल्टी बाट लिइएको थियो । दुई विभागीयसहित ८ टिम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयां नगद पुरस्कार पाउने संघले जनाएको छ । गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयां पुरस्कार प्राप्त गर्ने छ । सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ । यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याचलाई पनि ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने संघका रुपन्देही जिल्ला फुटबल संघ अध्यक्ष लोक पुनले जानकारी दिए । बुटवल उपमहानगरपालिकाले प्रतियोगिताका लागि ३५ लाख रुपैयां दिने निर्णय गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित