बुद्धनगर खानेपानीले ‘भोगचलन’ गरेको जग्गामा टोल विकास संस्थाले चलायो स्वीकृती विना डोजर गर्मीमा ‘लू’ बाट कसरी बच्ने ? समृद्धी सलोन एण्ड एकेडेमी द्वारा सम्मान तथा दिक्षित घामबाट बिजुली सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ६ वर्षमा प्रवेश, १ लाख ८० हजारले लिए स्वास्थ्य सेवा रुपन्देहीमा डढेलो निभाउन पुगेको दमकल नै जलेर नष्ट गुल्मीमा विद्युतको तारबाट खरबारीमा लागेको आगोले घर जलायो तराईमा गर्मी उस्तै, लुम्बिनी प्रदेशमा हावाहुरीको चेतावनी ९० लाखको लगानीमा पाल्पा नुवाकाेटमा खुल्याे नुवाकोटगढी रिसोर्ट शान्ती समाज द्वारा दिप प्रज्वलन (फोटो फिचर)                
समाचार :

तिलोत्तमा गोल्ड कपमा रेफ्री बिबाद चरम उत्कर्षमा

रुपन्देहीमा जारी २२ औ तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगिता चलिरहदा विवाद र असन्तुष्टिहरु देखिएका छन । सामाजिक संजालदेखि मैदानमा दर्शकका असन्तुष्टिहरु पोखिने क्रममा छ । मोफसलमा सर्वाधिक धनराशी र प्रतिष्ठित फुटबल प्रतियोगिता प्रचार गरेपनि आयोजनाका क्रममा धेरै त्रुटिहरु देखिए । यसैको एउटा पाटो रेफ्री पनि बनेको छ । प्रतियोगिता जिल्लाका टप फाईभ रेफ्रीबाट खेल खेलाउने निर्णय कार्यसमितिमा छलफल नगरि भएको भन्दै रुपन्देही रेफ्री संघका २ जना पदाधिकारी र २ जना कार्यसमिति सदस्यहरुले मंगलबार लिखित राजीनामा दिएका छन । संघका उपाध्यक्ष प्रकाश नवाङ, सचिव रुपेन्द्र गुरुङ, कार्यसमिति सदस्य सुजु घले र बबि छन्त्याल राजीनामा दिएका हुन ।

प्रतियोगिताको तयारीकै क्रममा चैत ३ गते आयोजक रुपन्देही जिल्ला फुटबल संघले मिटिङ डाकेर प्रतियोगिता खेलाउन फिफा रेफ्री ल्याउने कुरा जानकारी रेफ्री संघमा भएको थियो । केहीसमयपछि यो निर्णय रोकेर २ जना राष्ट्रिय रेफ्री ल्याउने र थप यहाका रेफ्रीहरुलाई अवसर दिने भनिएको थियो । आर्मीका राष्ट्रिय रेफ्री विश्वास कार्की र उमेश बिडारीलाई खबर समेत गरियो । उनिहरुले बिदा मिलाएर आउने तयारी गरिसकेपछि भने एकाएक अन्तमा क्यान्सील गरेर स्थानिय जिल्लाकै टप पाच रेफ्रीबाट खेलाउने भनेपनि नाम गोप्य राखिएको थियो । यसक्रममा संघमा निर्णय नगरी टप फाईभ रेफ्रीमा आफुहरु पारेर खेल खेलाएको भन्दै अन्य रेफ्रीहरु बिबादमा उत्रेका हुन । रुपन्देहीमा बेसिक पास गर्ने क्रममा एक पटक फिटनेश पास गरेका बाहेक दोस्रो पटक फिटनेश पास गर्ने रेफ्री औलामा गन्न मिल्ने छन । बिसं २०७१ मा राष्ट्रिय रेफ्री बनेका अमर पुन जिल्लाको प्रतिनिधित्व गर्दै ४ पटक फिटनेश पास गरेका छन । उनिबाहेक जिल्लामा दुई पटक फिटनेश पास गरेका एउटै रेफ्री नरहेको उनले दाबी छ । यसैगरि संघका सचिव रुपेन्द्र गुरुङ पनि फिटमा पर्छन । प्रतियोगिता खेलाउन राखिएको टप फाईभ जिल्लाका रेफ्रीको छनौट गलत रहेको भन्दै उनिहरुले राजिनामा दिनुपरेको गुनासो गरे ।

आईतबार भएको हिमालयन शेर्पा र थ्रि स्टार क्लब बिचको खेलमा केही समय बिबाद भयो । हिमालयन शेर्पाका प्रशिक्षक सुमन श्रेष्ठले रेफ्रि ज्ञान बहादुर थापाबाट सन्तोषजनक खेल खेलाउन नसकेको पोष्ट प्रेस मिटमा भने । डिबक्सभित्र खेलाडी लडाउदा पेनाल्टी दिनुपर्नेमा नदिदा आफुहरु पराजित भएको उनको असन्तुष्टी थियो ।
सोमबारको भएको शसस्त्र प्रहरी बल एपीएफ क्लब र फ्रेन्ड्स क्लब बिचको खेलमा पनि केहीबेर बिबाद भयो । रेफ्री रिपेश शाक्यले दोस्रो हाफमा एपीएफबाट गोल गरिसकेपछि अफसाईड घोषणा हुदा खेलाडीहरु भनाभनमा उत्रेका थिए । टफ म्याचमा रेफ्रीको निर्णय महत्वपूर्ण हुने गर्दछ । केही समय पहिले पाल्पामा भएको श्रीनगर गोल्डकप खेलाउने क्रममा रिपेन शाक्यको बिबादित निर्णयकै कारण काठमाण्डौको टिम खेल छोडेको थियो । एपीएफ र काठमाण्डौको बिच भएको खेलमा अफ साईड गोलको विषयमा बिबाद बढेपछि अर्का रेफ्री कमल गुरुङलाई धक्काधक्की गरेर लामो बिबाद गरि खेल छोडेका थिए ।
फिटनेश फेल भएका खेलाडीहरु नै जिल्लाका टप फाईभमा पर्दा क्षमतावान रेफ्रीहरु भने ओझेलमा पर्ने अवस्था आएको भएको खवर न्यूज बुटवल टुडेमा छ । । जिल्ला रेफ्री संघमा ११ सदस्यीय कार्यसमिति रहेको छ । जसमा अध्यक्ष ज्ञान बहादुर थापा हुन । यसमध्ये ब्याच होल्डर रेफ्रीहरु छबि मल्ल, नबिन दलार्मी, पर्वत बिक, लक्की गुरुङ, सनी थापा लगायत बैदेशिक रोजगारमा रहेका छन । जिल्लामा २१ जना रेफ्रीहरु छन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार