रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

थ्रि स्टारलाई हराउँदै सुदुरपश्चिम ११ तिलोत्तमा गोल्डकपको फाईनलमा

बुटवलमा जारी २२ औं तिलोत्तमा गोल्डकपको फाईनलमा सुदुरपश्चिम ११ प्रवेश गरेको छ । बुधबार एन्फा टेक्निकल सेन्टरमा भएको पहिलो सेमिफाईनल खेलमा विभागिय टिम थ्रि स्टार क्लवलाई १–० ले हराउंदै सुदुरपश्चिम ११ फाईनलमा प्रवेश गरेको हो । सुदुरपश्चिम ११, २२ औं तिलोत्तमा गोल्डकपमा फाईनलमा पुग्ने पहिलो टिम भएको छ । सदुरपश्चिम ११ पहिलो पटक फाईनल चरणमा पुगेको हो । सुदुरपश्चिम ११ का लागि एक मात्र निर्णायक गोल खेलको ८६ औं मिनेटमा फागुराम थारुले गरे । बुधबारको खेलमा सुदुरपश्चिम ११ का विष्णु चौधरी म्यान अफ दी म्याच समेत घोषित भए । प्रतियोगिता अन्तर्गत विहिबार सेमिफाईनलको दोस्रो खेल फ्रेण्डर्स क्लव र मनाङ मस्र्याङदीका बीच दिउंसो साढे ३ बजे हुनेछ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र रूपन्देही फुटबल संघको आयोजनामा सञ्चालित प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयां र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन । सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयां एक थान मोटरसाइकल पुरस्कार पाउंदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचलाई जनही ३० हजारका दरले नगद पुरस्कार प्रदान गरिने छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित