रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

तस्वीरमा हेर्नुहोस- हिमालय शेर्पालाई स्तव्ध पारेको थ्रि स्टारको खेल

बुटवल । बुटवलमा जारी २२ औं संस्करणको तिलोत्तमा गोल्डकपको निकै प्रतिष्प्रर्धात्मक दोस्रो खेलमा थ्री स्टार क्लव बिजयी भएको छ ।  हिमालयन शेर्पा क्लवलाई १—० गोल अन्तरले पराजित गर्दे थ्री स्टार बिजयी भएको हो । यो जित संगै थ्री स्टार समेमिफाईनलमा प्रवेश गरेको छ ।

दोस्रो हापको ३८ मिनेटमा १८ नम्बर जर्सिका खोलाडी दिपेश गुरुङले गरेको गोल नै निणर्यक बनेको थियो ।  खेलकाे म्यान अफ द म्याच थ्री स्टारका लाेकेन लिम्बु भएका थिए । उनले ११ हजार १ सय ११ रुपैयाँ , करेन्ट चाउचाउ र यति हेल्मेट प्राप्त गरेका छन् ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा एन्फा टेक्निकल सेन्टर देवीनगरमा चलिरहेको तिलोत्तमा गोल्डकपमा दुई विभागीयसहित ८ टिम सहभागी भएको प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने संघले जनाएको छ । गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।

सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित