

बुटवल ।
बुटवलको एन्फा टेक्निकल सेन्टरमा २२ औं संस्करणको तिलोत्तमा गोल्डकप अहिले जारी छ । उद्घाटन खेलमा अहिले रुपन्देही ११ र सुदुरपश्चिम ११ बीच प्रतिस्पर्धा चलिरहेको छ । अहिले खेलको दोस्रो हाफ चलिरहेको छ । हाल सम्म सुदरपश्चिम ११ले २ गोल गरेको छ । सुदुरपश्चिम ११ का लागि फार्गुराम थारु र सोम्य हार्दिकले गरेका छन् । रुपन्देही ११ ले भने अहिले सम्म गोल गर्न सकेको छैनन् ।
दुई विभागीयसहित ८ टिम सहभागी भएको प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउनेछ । गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ । यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याचलाई पनि ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने संघका रुपन्देही जिल्ला फुटबल संघ अध्यक्ष लोक पुनले जानकारी दिए । बुटवल उपमहानगरपालिकाले प्रतियोगिताका लागि ३५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । तस्वीरः गोल नेपाल डटकम