रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

घमिरले आयोजनाले गरेको खुल्ला फुटवल प्रतियोगिताको उपाधि नवयुग युवा क्लव अर्जैलाई

बुटवल । देविस्थान युवा क्लव मालिका गाउँपालिका वडा नं. ७ घमिरको आयोजनामा भएको खुल्ला फुटवल प्रतियोगिताको उपाधि नवयुग युवा क्लव अर्जैले हात पारेको छ ।
मंगलबार भएको फाईनल खेलमा आयोजक देविस्थान युवा क्लव घमिर ‘ए’ लाई १–० ले हराउँदै नवयुग युवा क्लव अर्जैले उपाधि हात पारेको हो । निकै प्रतिस्पर्धात्मक रहेको प्रतियोगितामा अर्जैका लागि एक मात्र निर्णाय गोल सुनिल परियारले गरेका थिए ।
उपाधि हात पारेको नवयुग युवा क्लव अर्जैले नगद ६ हजार सहित मेडल र प्रमाणपत्र हात पा¥र्यो । उपविजेता बनेको आयोजक ‘ए’ले नगद ३ हजार सहित मेडल र प्रमाणपत्र हात पा¥र्यो । त्यसअघि भएको सेमिफाईलमा नवयुग युवा क्लव अर्जैले रैनादेवी युवा क्लवलाई अर्जैलाई ३–० ले हराउँदै फाईनलमा प्रवेश गरेको थियो । उक्त खेलमा नवयुग युवा क्लव अर्जैका खेलाडिहरु सन्देश पराजुली, विश्व परियार र सुरेश परियारले गोल गरेका थिए ।
प्रतियोगितामा नवयुग युवा क्लव अर्जैका गोलकिप्पर अर्जुन सुनार, डिफेन्डर सुशिल परियार, कमल परियारले उत्कृष्ट प्रदर्शन गरेको खेल संयोजक सन्देश पराजुलीले जानाकारी दिए ।
प्रतियोगिता अबधिभर नवयुग युवा क्लव अर्जैले ७ गोल गरेको थियो । विपक्षी टिमले भने नवयुग युवा क्लव अर्जैको पोष्टमा १ गोल पनि गर्न सकेनन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित