बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा मालिका गाउँपालिकाका २ जनाको मृत्यु इजलासमा बालकृष्ण खाणसँग गरिएका २४ सवाल-जवाफ सुनौलो सहकारीले गर्न थाल्यो बचतकर्ताको बचत भुक्तानी आइएलएस संचालनपछि भैरहवा विमानस्थलमा डाइभर्ट जहाज अवतरण गर्न मिल्ने शिव शिखर सहकारीका सञ्चालक शर्माकी श्रीमतीले चढ्थिन् साढे २ करोडको कार बुटवलमा अनेरास्ववियु द्वारा राष्ट्रपति र प्रधानमन्त्रीको बुख्याचामा जुत्ता प्रहार लुम्बिनी केवलकारको गम्भिर लापरबाहीः यात्रु बीचमै रोकिए मोदीले भैरहवालाई हवाई रूटको विषयमा एक शब्द पनि उच्चारण गरेनन् सम्झौता भएको १८ वर्षपछि बेलहियामा आइसिपी निर्माणको शिलान्यास गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम सञ्चालन गर्ने बाटो खुल्यो                
समाचार :

रुपन्देही सुपरलिगः साई ग्लोबल एकेडेमी विजयी

भैरहवा । नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘बी’को आइतबार भएको खेलमा साई ग्लोबल एकेडेमी विजयी भएको छ । साई ग्लोबलले गोलपार्क क्रिकेट क्लबलाई ३८ रनले पराजित गर्दै जित निकालेको हो ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको साई ग्लोबल निर्धारित ३८ ओभरको खेलमा ३३.४ ओभरमा सबै विकेट गुमाएर १ सय १२ रनको योगफल बनायो । उसका लागि आषिश रोक्काले ३८, ऋषि रानाले २८ र अभिजित ज्ञवालीले १४ रन जोडे । गोलपार्कका दिवान पुनले ९ ओभर बलिङ गर्दै ४ मेर्डन राख्दै १० रन खर्चेर ६ विकेट लिए । यस्तै, गगन अधिकारी २ तथा ललित प्याकुरेलले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको गोलपार्क १७ ओभरमा सबै विकेट गुमाउँदै ७४ रनमै समेटियो । उसका लागि आदित्य बन्जाडेले १४ र गगन अधिकारी १३ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङमा उसलाई सस्तैमा रोक्न साई ग्लोबलका आरिफ खाँनले ५, विवेक कोहाँरले ३ तथा अनिल यादवले १ विकेट दिए । साई ग्लोबलका आरिफ खाँन म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भए ।

रुपन्देही क्रिकेट संघको आयोजनामा सुरु भएको प्रतियोगितामा ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
प्रतियोगिताको प्रमुख प्रायोजकमा नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका छन् । प्रतियोगिता बिजेता पुरस्कार एभरेस्ट कत्था मिल तथा उपबिजेता पुरस्कार रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष एवं विके ज्वेलर्सका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले सौजन्य गरेका छन् । प्रतियोगिता चैत्र ३ गतेसम्म चल्ने छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार