रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

रुपन्देही सुपरलिग सुरुः उद्घाटन खेलमा नेपथ्य विजयी

भैरहवामा शनिबारदेखि नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रक्रियोगिता सुरु भएको छ । शनिबार भएको उद्घाटन खेलमा नेपथ्य ज्ञानोदय क्रिकेट क्लब नयाँमिलले बिजयी सुरुवात गरेको छ । नेपथ्यले देबदह क्रिकेट युनिट देबदहलाई ६८ रनले पराजित गर्दै जित निकालेको हो ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको नेपथ्यले निर्धारित ३८ ओभरको खेलमा ३७ ओभर १ बलमा सबै विकेट गुमाई १ सय ५० रनको योगफल तयार पारेको थियो । उसका लागि अंकित बिकले सर्बाधिक ३२ रन बनाउँदा सुनिल धमलाले २३, निशान्त शर्माले १९ र कृष्ण पराजुलीले १४ रनको योगदान दिए ।

बलिङमा देबदहका किर्तिमान ढकाल र संकेत भट्टराईले समान ३–३ विकेट लिँदा अर्जुन रायमाझीले २ तथा प्रशान्त गैरे र सुरज खड्काले १–१ विकेट लिए ।

प्रतिउत्तरमा जितका लागि पाएको १ सय ५१ रनको लक्ष्य पछ्याउने क्रममा देबदह २७ ओभर ३ बलमा सबै विकेट गुमाई ८२ रन मात्र बनाई ६८ रनले पराजित हुन पुग्यो । देबदहका बिनित कार्कीले सर्बाधिक ३१ रन र संकेत भट्टराईले १२ रन बाहेक अरु कुनै खेलाडीले दोहोरो अंकको योगफल बनाउन सकेनन् ।

देबदहलाई सस्तैमा रोक्न नेपथ्यका सुनिल धमलाले ५ विकेट लिए भने सन्देश पंगेनीले २ तथा कृष्ण पराजुली, आशिष पाण्डे र सरोज भुसालले समान १–१ विकेट लिए । खेलमा म्यान नेपथ्यका सुनिल धमला अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भए । प्रतियोगिता अन्तर्गत आइतबार गोलपार्क क्रिकेट क्लब, बुटवल र साई ग्लोबल एकेडमी, भैरहवाबीच हुनेछ ।

रुपन्देही क्रिकेट संघको आयोजनामा सुरु भएको प्रतियोगितामा ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतियोगिताको प्रमुख प्रायोजकमा नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका छन् । प्रतियोगिता बिजेता पुरस्कार एभरेस्ट कत्था मिल तथा उपबिजेता पुरस्कार रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष एवं विके ज्वेलर्सका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले सौजन्य गरेका छन् । प्रतियोगिता एक समारोहबीच सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खानले उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा आयोजक संस्थाका अध्यक्ष हरिबहादुर थापा, सचिव संजय गुरुङ लगायत खेलाडी एवं खेलप्रेमीहरुको सहभागिता रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित