रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

राष्ट्रपति कपलाई लक्षित गरी नवौ एन प्याब्सन स्पोर्टस मिट भोलीदेखि

नेशनल प्याब्सल रुपन्देहीको आयोजनामा नवौ नेशनल प्याब्सन खेलकुद कार्यक्रम २०७९ हुने भएको छ ।

माघ २८ र २९ गते दुई दिन हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रबार बुटवलमा पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । नेशनल प्याब्सन रुपन्देहीका अध्यक्ष पुरुषोत्तम बश्यालले रामनगरस्थित खेलमैदानमा हुने प्रतियोगिताको मैदान, खेलाडी दर्ता लगायत सबै तयारी पूरा भएको बताए । वि.सं. २०६८ सालदेखि खेल सप्ताह कार्यक्रम शुरु गरेको र ११ वर्षको ईतिहास बोकेको खेलकुद कार्यक्रम कोभिडका कारण २०७७ र २०७८ मा रोकिएको उनले दुःखेसो गरे । शारीरिक, मानसिक, सामाजिक विकासका लागि खेलकुद आवश्यक हुने उनले बताए ।

कार्यक्रममा एनप्याब्सनका केन्द्रीय सचिव कृष्ण प्रसाद पौडेलले संघीयतासंगै विद्यालयस्तरमा हुने धेरै प्रतियोगिता ओझेलमा परेको बताए । तीन तहकै सरकारको खेलमा ध्यान जान नसकेको दुःखेसो गर्दै निजी क्षेत्रकै भरमा खेलकुद चलेको उनले दाबी गरे ।

कार्यक्रममा केन्द्रीय सदस्य देउप्रकाश राई, बालाकृष्ण तिवारी, विष्णुप्रसाद पौडेल, केन्द्रीय सल्लाहकार राजु गुरुङ, प्रदेशका सहसचिव जेबी क्षेत्री, सल्लाहकार तिलक केसी, उपाध्यक्ष बिलप्रसाद गुरुङ, सचिव बाबुराम बन्जाडेले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने लक्ष्यसहित वर्षभरि नै कार्यक्रम गर्दै आएको बताए ।

कार्यक्रममा संयोजक विनोद थापामगरले शैक्षिक क्यालेन्डर बनाएर कार्यक्रम गर्दै आएको बताए । सब जुनियर, जुनियर र सिनियर गरी उमेर समूहलाई १५ ईभेन्टमा प्रतियोगिता हुने उनले बताए । सब जुनियरमा ५० मिटर, १ सय मिटर, चम्चा दौड, कुर्ची दौड गरी ४ ईभेन्टमा छात्रछात्राका खेल हुनेछन् । जुनियरतर्फ १ सय मिटर दौड, २ सय मिटर दौड, रिले दौड, टेबलटेनिस गरी ४ ईभेन्टमा छात्रछात्राका खेलहरु हुनेछन् । सिनियरतर्फ २ सय, ४ सय, रिले दौड, सटपुट, हाईजम्प, लङजम्प र टेबलटेनिस गरी ७ ईभेन्टमा छात्रछात्राका खेलहरु हुनेछन् । विद्यालयबाट उत्कृष्टता हासिल गरेका २९ वटा विद्यालयका सब जुनियरतर्फ २ सय ३२, जुनियरतर्फ ३ सय ९२, सिनियरतर्फ ५ सय ४० जना तथा सिनियरतर्फ कक्षा ११ र १२ को रिले छात्रछात्रा ईभेन्टतर्फ ४० गरी १ हजार २ सय ४ जना विद्यार्थीहरुले खेलमा भाग लिने छन् । संघमा आवद्ध रुपन्देहीका ५७ विद्यालयमध्ये यो वर्ष २९ विद्यालयका २३ हजार २ सय बढी विद्यार्र्थीहरुबाट विजेता भएर छनौट खेलाडीहरुले भाग लिनेछन् । सब जुनियर टिम ३ हजार रुपैयाँ, जुनियर टिम ५ र सिनियर टिमलाई ७ हजार रुपैयाँ सहभागी शुल्क राखिएको उनले बताए । दुई दिन चल्ने प्रतियोगितामा ४ लाख खर्च हुने अनुमान आयोजकको छ । आठौमा देवदह ईङलिस बोर्डिङ स्कुल विजयी भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित