कांग्रेस महामन्त्री शर्माको चेतावनी : देश बनेको छैन भन्नेहरू होसियार! सिटी क्याम्पसले चुम्यो भलिवलको उपाधि गुटले कांग्रेस चल्न सकेन, नेतृत्वमा डाक्टरको खाँचो छ : चन्द्र भण्डारी बुटवलबाट देउवाले भने–‘कम बोल्ने काम बढी गर्नेछु, हैरौं के हुन्छ’ सिद्धार्थ प्रतिभा हाइस्कुलको बसले ठक्कर दिदाँ रुपन्देहीमा २ जनाको मृत्यु अक्सफोर्ड मा.वि बुटवलले उत्कृष्ट विद्यार्थीलाई नगद सहित सम्मान गर्दै प्रकाशन गर्याे परीक्षाफल संकल्प यात्रामा पार्टी पंक्ति परिचालन गर्ने एमाले रूपन्देहीको निर्णय मृतकका परिबारलाई ७ लाख दिने सहमती भएसंगै चार दिन पछि उठ्यो भावनाको शव कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि बुटवल धागो कारखाना रेखदेखको जिम्मा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई                
समाचार :

ज्ञानगंगा पाठशालामा १६ वर्ष मुनिका अन्तर विद्यालय छात्र ब्याटमिन्टन

बुटवल । रुपन्देहीको तिलोत्तमा-४ मा अवस्थित ज्ञानगंगा पाठशालामा बुधबारदेखि ‘दोस्रो ज्ञानगंगा यू–१६ रनिङ्ग शिल्ड’ ब्याटमिन्टन प्रतियोगिता हुने भएको छ । छात्राहरु बीच हुने अन्तर विद्यालय जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको विद्यालयले जनाएको छ ।

प्रतियोगिताको विजेताले ८ नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने दोस्रो हुने समूहले ४ हजार नगद राशीसहित कप, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी तृतीय हुने समूहले २ हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने विद्यालयले जनाएको छ । यसैगरी विगततर्फ बेस्ट प्लेयर, उदयमान खेलाडी र अनुशासित समूहलाई सम्मान गरिने खेल संयोजक मिलन रानाले जानकारी दिए ।

जिल्लाका १६ विद्यालयहरु प्रतिस्पर्धा गर्ने प्रतियोगितामा १६ जना खेलाडी सहभागी हुने छन् । यसैगरी प्रतियोगितामा सहभागिताका लागि एक हजार प्रवेश शुल्क राखिएको उनले बताए । नकआउटका आधारमा खेल खेलाइने विद्यालयका प्राचार्य चन्द्र अधिकारीले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार