इजलासमा बालकृष्ण खाणसँग गरिएका २४ सवाल-जवाफ सुनौलो सहकारीले गर्न थाल्यो बचतकर्ताको बचत भुक्तानी आइएलएस संचालनपछि भैरहवा विमानस्थलमा डाइभर्ट जहाज अवतरण गर्न मिल्ने शिव शिखर सहकारीका सञ्चालक शर्माकी श्रीमतीले चढ्थिन् साढे २ करोडको कार बुटवलमा अनेरास्ववियु द्वारा राष्ट्रपति र प्रधानमन्त्रीको बुख्याचामा जुत्ता प्रहार लुम्बिनी केवलकारको गम्भिर लापरबाहीः यात्रु बीचमै रोकिए मोदीले भैरहवालाई हवाई रूटको विषयमा एक शब्द पनि उच्चारण गरेनन् सम्झौता भएको १८ वर्षपछि बेलहियामा आइसिपी निर्माणको शिलान्यास गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम सञ्चालन गर्ने बाटो खुल्यो ऋणमा गौतमबुद्ध विमानस्थल                
समाचार :

लाफा बी लेबल भलिबलको उपाधी न्यू होराईजनललाई, आयोजक दोस्रो

बुठवल । लाफा समुह बुटबलले आयोजना गरेको बी लेबल भलिबलको उपाधी न्यु होराईजन भलिबल क्लब बुटबले हात पारेको छ । शनिवार राती भएको फाईनल खेलमा आयोजक लाफा समुहलाई हराउँदै उपाधी चुमेको हो।

वेष्टअफ फाईबमा भएको खेलमा पहिलो सेट ११ मा रोक्दै २५ अंक बनाएर न्यु होराईजनले जित निकालेको थियो । तेस्तै दोस्रो सेट पनी न्यु होराईजनले दोस्रो सेटमा पनि १८ मा रोक्दै २५ बनाउँदै लगातार २ सेट जितेर आयोजकलाई दवाबमा राखेको थियो । तेस्रो सेटमा भने आयोजक लाफा समुहले न्यू होराइजनलाई २१ मा रोक्दै २५ बनाएर लयमा फर्किने कोसिस गरेको थियो ।

त्यसपछिको सेटमा भने न्यु होराईजनले लाफालाई १७ मा रोक्दै २५ बनाएर प्रतियोगिताको उपाधि आफ्नो नाममा दर्ता गर्न सफल भएको थियो । न्यू होराइजनले ४५ हजार नगद राशीसहित कप मेडल प्रमाण पत्र हात पारेको छ । तेस्तै आयोजक लाफा समुहले दोस्रो स्थानमा चित्त बुझाउँदै २५ हजार नगद सहित कप मेडल प्रमाण पत्र हात पारेको हो ।

तेस्रो स्थानका लागि भएको खेलमा गुल्मी जिल्ला भलिबल संघ विजयी भएको छ । कन्चन भलिबल संघ रूपन्देहीलाई ३–० को साझो सेटमा पराजित गर्दै गुल्मीले तेस्रो स्थान हात पारेको हो । उसले १५ हजार नगद राशीसहित कप मेडल प्रमाण पत्र हात पारेको छ । कन्चन भलिबल संघले सान्त्वना पुरस्कार ८ हजार कप मेडल प्रमाण पत्रमा चित बुझाएको छ ।

प्रतियोगितामा उत्कृष्ट प्लेयरको उपाधी न्यु होराईजनलका उमेस सेन्चुरीले प्राप्त गरेका छन् । सोही समुहबाट सचिन गाहा मगर उत्कृष्ट स्पाईकर हुन सफल भए भने सौरब गुरूङ बेष्ट सर्भर हुन सफल भए । डिफेडरमा समिर गुरूङ, सेटरमा गौरब गुरूङ, उत्कृष्ट बलकरमा गुल्मीका लेसन राहाडी मगर, अनुशासित खेलाडीमा गुल्मीका बबिन थापा मगर तथा उदीयमान खेलाडीका आयोजक लाफाका शिसीर रानामगर हुन सफल भए ।

बुटबल उपमहानगरपालीका उप प्रमुख साबिन्रा देबी अर्यालले बिजेता खेलाडीहरूलाई सम्मान गर्दै भलिबल खेलप्रति धेरैको चासो रहेको बताईन । भलिबल खेललाई राज्यले बजेट मार्फत सम्बोधन गनुपर्ने भन्दै खेलकुदले देश विदेशमा चिनाउने हुँदा यसको बिकास र पुर्वाधार बिकास जरूरी रहेको बताईन ।

लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिब जय प्रकाश भट्टराईले राज्यले भलिबल खेललाई राष्ट्रिय खेल बनाएर राम्रो गरेको भन्दै आउँदा दिननमा भलिबल खेलको बिकास गर्न खेल पुर्वाधार निर्माणसँगै खेलाडीहरूलाई प्रोत्साहन गर्न जरूरी रहेको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार