रूसी सेनामा भर्ना भएका पाल्पाका विष्णु दुई सातादेखि सम्पर्कविहीन कालीगण्डकी लोकमार्गले बुटवल जाने दुरी झण्डै ७० किलोमिटरले छोटियो एभरेष्ट बोर्डिङ कक्षा १० मा पढ्ने सोहनले बनाए ड्रोन नारायणगढ–बुटवल सडक साढे ४ वर्षमा आधा काम पनि सम्पन्न भएन लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेहका बिरामीका लागि छुट्टै क्लिनिक कांग्रेस लुम्बिनी सम्मेलनको निष्कर्ष: केन्द्रले अधिकार दिएन कालिका कलेजको वार्षिकोत्सवको अवसरमा खेल सप्ताह सुरु लुम्बिनीमा फागुनमा शिखर सम्मेलन राष्ट्रसेवकको रक्तदानमा २८ युनिट रगत संकलन लुम्बिनी कांग्रेसको सम्मेलनमा ३ वटा प्रतिवेदन पेश- महामन्त्री गगन थापासहितका नेता सहभागी                
समाचार :

राष्ट्रिय स्तरको खेलकुदमा अब्बल बन्दै इडन

बुटवल । आज देखि पोखरामा हुन गइरहेको अन्डर १९ न्यू इयर कप राष्ट्रिय क्रीकेट प्रतियोगितामा भाग लिनको लागि रुपन्देही जिल्लाको प्रतिनिधित्व गर्दै जिल्लाका चौध जना खेलाडीहरू पोखरा पुगेका छन् ।
जस मध्ये इडन इङ्गलिस बोर्डिङ्ग सेकेन्डरी स्कुलमा अध्ययनरत पाँच विद्यार्थीहरु सहभागि भएका छन् ।
विद्यार्थीहरु शाल भुषाल कक्षा १२, सागर गिरी कक्षा १२, विमल भुषाल कक्षा ११,बिनय जि.सी. कक्षा ९ र रोहित विश्वकर्मा कक्षा ९ का विद्यार्थी उक्त प्रतियोगितामा समावेश भएको विद्यालयका प्राचार्य शिवहरी भटट्राईले जानाकारी दिए ।
पोखरा पुगेका विद्यार्थीहरुलाई सोमबार एक कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा सदस्य नकुल शाही ठकुरी, प्राचार्य शिवहरी भटट्राई, विद्यालयका क्रिकेट प्रशिक्षण तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलाडि सन्दिप सुनारले विदाई गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार