


बुटबल। पाँचौं लाफा / प्रथम मेयर कप ब्याडमिन्टन प्रतियोगिताकाे उपाधी आयोजक लाफा समूहका विवेक न्याैपाने र मनोज फौदारले उचालेका छन । आईतबार सम्पन्न मेन्स डबल वि लेबलकाे फाइनलमा आयोजकका न्याैपाने र फौदारको जोडीले गणेश रायमाझी र विधान गुरुङकाे जोडीलाई सोझो २-० काे सेटमा पराजित गर्दै उपाधी जित्न सफल भएका छन् ।
उपाधी सँगै उनीहरूले नगद ४० हजार ,ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन भने दोस्रो हुन सफल रायमाझी र गुरुङकाे जोडीले २५ हजार नगद प्राप्त गरे । यस्तै सेमीफाइनलमा पुग्न सफल विशाल खड्का र सुरज गुरुङ, विनोद पाैडेल र सरल थापाको जोडीले १५ हजार प्राप्त गरे भने क्वाटरफाइनलमा पुग्न सफल खेलाडीहरूलाई पनि नगद १० हजार प्रदान् गरिएको थियो ।
यस्तै ,भेट्रान्स मेन्स डबल प्रतियोगिता तर्फको उपाधी भने बुटवल ब्याडमिन्टन क्लबका खेलाडी हरुले जित्न सफल भएका छन् । बुटवल ब्याडिन्टन क्लबका खेलाडी महेश्वर नेपाल र अशोक कुमार भुषालकाे जोडीले तनहुँका कमल राना र खुम गुरुङकाे जोडीलाई सोझो २-० काे सेटमा पराजित गर्दै भेट्रान्सकाे उपाधी आफ्नो पोल्टामा पारेका हुन् । उनिहरुले नगद २५ हजार शिल्ड मेडल प्राप्त गरे भने उप विजेता तनहूँका खेलाडीहरुले नगद १५ हजार ५ सय मा चित्त बुझाए ।
यस्तै भेट्रान्स तर्फ सेमीफाइनलमा पुग्न सफल वसन्त र महेश बज्राचार्यकाे जोडी र मन बाहादुर थापा र खगेन्द्र नेपालीको जोडीले समान १० हजार ५ सय प्राप्त गरे ।प्रतियोगितामा घोराहीका हिमांशु कुंवर उत्कृत्ट खेलाडी चुनिए भने उदयमान खेलाडीको उपाधि दानिस कुरेसिलाइ प्रदान् गरिएको थियो । बुटवल उपमहानगर पलिकाकाे मुख्य प्रायोजन र लुम्बिनी प्रदेस खेलकुद विकास परिषद् काे सह प्रयोजनमा सम्पन्न प्रतियोगितामा भेट्रान्स तर्फ ३२ टीम र खुल्ला मेन्स डबल तर्फ ६४ टीमकाे सहभागिता रहेकाे थियो ।