रुपन्देहीमा विहिबार हुने मिडिया मन्थन कार्यक्रमको तयारी पुरा आमा र बहिनीसहित घुम्न कश्मिर गएका थिए सुदीप, शव आजै ल्याउने तयारी रात्रीकालिन भलिबल: खेलप्रेमीहरु माझ छुट्टै रौनक दानव नदीमा बेपत्ता तीनैजना बालकको शव फेला पत्रकार विश्वकर्मामाथि आक्रमणका विषयमा राष्ट्रिय मानव अधिकार आयोगको चासो दानव नदीमा बेपत्ता थप २ बालकको शव फेला रुपन्देहीको दानव नदीमा ३ बालक बेपत्ता रास्वपाका लुम्बिनी प्रदेश सभापति पाठक राजतन्त्रकै पक्षमा उभिएका हुन् ? पर्यटकको रोजाइमा ‘स्वर्ग जाने बाटो’ भनिने विचित्र गुफा बुटवलमा गोली प्रहारबाट घाइते युवतीको अवस्था स्थिर, चितवनमा उपचार हुँदै                
समाचार :

८ औं अन्तर मावि एभरेष्ट भलिबल कपको उपाधि छात्र तर्फ कुवरवर्ती र छात्रा तर्फ एभरेष्टलाई

आठौ जिल्लास्तरीय अन्तर माबि एभरेष्ट भलिबल कप छात्रछात्रा भलिबल प्रतियोगिता २०७९ को छात्रतर्फ कुंवरवर्ती बोर्डिङ स्कुल र छात्रातर्फ आयोजक एभरेष्ट बोर्डिङ स्कुल उपाधि जितेका छन ।
एभरेष्ट बोर्डिङ स्कुलको आयोजनामा आईतबार भएको छात्र फाईनल खेलमा मणिमुकुन्द माविलाई ३–१ को सेटमा पराजित गर्दै कुंवरवर्तीले उपाधि हात पारेको छ । यसैगरि छात्रातर्फ आयोजक एभरेष्ट बोर्डिङ स्कुलले कुंवरवर्ती बोर्डिङ स्कुललाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । प्रतियोगिताको उपाधि विजेताले नगद २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए । प्रतियोगितामा उपविजेता छात्रतर्फ मणिमुकुन्द मावि र छात्रातर्फ कुंवरवर्ती नगद १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाएका छन ।
छात्र तर्फ प्रतियोगितामा तृतिय भने सेन्ट जोसेफ स्कुल बन्यो । तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा न्यू होराईजनलाई २–० को सोझो सेटले पराजित गर्दै सेन्ट जोसेफ तेस्रो भएको हो ।
छात्र तर्फ तृतिय भएको सेन्ट जोसेफ र छात्रा तर्फ तृतिय भएको न्यू होराईजन र समान नगद १० हजार रुपैया, रुपैया, कप, मेडल, प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा छात्रतर्फ १९ र छात्रातर्फ १० टिमले भाग लिएका थिए ।
प्रतियोगितामा विजयी खेलाडिहरुलाई विद्यालयका प्राचार्य कृष्ण न्यौपाने, बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्याल, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, विद्यालयका सहप्राचार्य भिमसेन गौतम लगाएतले पुरस्कार वितरण गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित