रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

८ औं अन्तर मावि एभरेष्ट भलिबल कपको उपाधि छात्र तर्फ कुवरवर्ती र छात्रा तर्फ एभरेष्टलाई

आठौ जिल्लास्तरीय अन्तर माबि एभरेष्ट भलिबल कप छात्रछात्रा भलिबल प्रतियोगिता २०७९ को छात्रतर्फ कुंवरवर्ती बोर्डिङ स्कुल र छात्रातर्फ आयोजक एभरेष्ट बोर्डिङ स्कुल उपाधि जितेका छन ।
एभरेष्ट बोर्डिङ स्कुलको आयोजनामा आईतबार भएको छात्र फाईनल खेलमा मणिमुकुन्द माविलाई ३–१ को सेटमा पराजित गर्दै कुंवरवर्तीले उपाधि हात पारेको छ । यसैगरि छात्रातर्फ आयोजक एभरेष्ट बोर्डिङ स्कुलले कुंवरवर्ती बोर्डिङ स्कुललाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । प्रतियोगिताको उपाधि विजेताले नगद २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए । प्रतियोगितामा उपविजेता छात्रतर्फ मणिमुकुन्द मावि र छात्रातर्फ कुंवरवर्ती नगद १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाएका छन ।
छात्र तर्फ प्रतियोगितामा तृतिय भने सेन्ट जोसेफ स्कुल बन्यो । तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा न्यू होराईजनलाई २–० को सोझो सेटले पराजित गर्दै सेन्ट जोसेफ तेस्रो भएको हो ।
छात्र तर्फ तृतिय भएको सेन्ट जोसेफ र छात्रा तर्फ तृतिय भएको न्यू होराईजन र समान नगद १० हजार रुपैया, रुपैया, कप, मेडल, प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा छात्रतर्फ १९ र छात्रातर्फ १० टिमले भाग लिएका थिए ।
प्रतियोगितामा विजयी खेलाडिहरुलाई विद्यालयका प्राचार्य कृष्ण न्यौपाने, बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्याल, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, विद्यालयका सहप्राचार्य भिमसेन गौतम लगाएतले पुरस्कार वितरण गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित