

बुटवल । अक्सफोर्ड मावि सुख्खानगर र सेन्ट जोसेफ मावि भलवाडी बुटवलमा जारी जिल्लास्तरीय अन्तरमावि हिसान कप फुटसल प्रतियोगिताको सेमिफाईनलमा प्रबेश गरेका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) रुपन्देहीको आयोजनामा शुक्रबारदेखि शुरु भएको प्रतियोगितामा अक्सफोर्ड बुटवलले होराईजन माविलाई हराउदै र सेन्ट जोसेफले सुनगाभा पब्लिक मावि सैनामैनालाई हराउँदै सेमिफाईनलमा प्रवेश गरेका हुन् । तिलोत्तमा योगिकुटीको फुटसल ग्राउण्डमा भएको प्रतियोगितामा सेन्ट जोसेफले सुनगाभा माविलाई २–० ले र अक्सफोडले होराईजन मावि लाई २–० ले जितरे सेमिफाईनलमा प्रवेश गरेको खेल संयोजक लक्ष्मण अर्यालले जानकारी दिए ।
यस्तै शुक्रबारनै भएको खेलमा सिदार्थ बोडिङ्ग, प्यारामाउण्ट मावि, स्कलर्स होम मावि र प्रभात माविले विजयी सुरुवात गर्दै क्वाटर फाईनलमा प्रवेश गरेका छन् । रुपन्देहीका १९ संस्थागत विद्यालयहरु खेलाडि टिम सहभागि भएको फुटसल प्रतियोगिताको क्वाटर फाईनल, सेमिफाईन र फाईनलका खेलहरु हुने खेल संयोजक अर्यालले जानकारी दिए ।
माघको ६, ७ र ८ गतेगरी तीनदिनसम्म चल्ने प्रतियोगितामा विजयी हुने टिमले नगद ३० हजार नगद, ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै उपविजेता टिमले १५ हजार नगद, ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्ने हिसानका सचिव बाबुराम बन्जाडेले जानकारी दिनुभयो । हिसान रुपन्देहीका अध्यक्ष दिनेश भुसालको अध्यक्षतामा भएको खेल प्रतियोगिताको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले संस्थागत विद्यालयले शैक्षिक क्षेत्रमा पुर्याएको योगदान प्रसंशनीय रहेको बताए । उनले संस्थागत विद्यालय र सामुदायिक विद्यालयले शैक्षिक क्षेत्रमा बरावर योगदान दिएको बताउँदै दुबै विद्यालयलाईसँगसँगै लैजानु अहिलेको आवश्यकता रहेको बताए ।
हिसानका उपाध्यक्ष मधुप्रकाश ज्ञवालीको स्वागतमा भएको कार्यक्रममा हिसानका केन्द्र्रीय सदस्य कृष्ण पौडेल, रुपन्देहीका पुर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा, शान्ति समाजका पुर्व अध्यक्ष गोविन्द खनाल, अभिभावक संघका रुपन्देही अध्यक्ष लोकनाथ ज्ञवाली, हिसानका बरिष्ठ उपाध्यक्ष पुष्प घिमिरे लगायतले आआफ्ना भनाई राखेका थिए ।