रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

लाफा समूहले यस वर्ष पनि व्याडटमिन्टन र भलिबल प्रतियोगिता गर्ने

लाफा समूहले पाँचौँ लाफा तथा प्रथम मेयर कप बि लेभल मेन्स डबल तथा भेट्रान्स मेन्स डबल व्याडटमिन्टन र प्रथम उपमेयर कप बि लेभल भलिबल प्रतियोगिता गर्ने भएको छ ।

लाफा समूहले विहीबार बुटवलमा पत्रकार सम्मलेनको आयोजना गरी व्याडटमिन्टन प्रतियोगिता यही माघ ७ र ८ गते तथा भलिबल प्रतियोगिता–२०७९ माघ १२ गतेदेखि १५ गतेसम्म गर्न लागेको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै लाफा समूहका वरिष्ठ उपाध्यक्ष ज्ञानु थापाले नयाँ नयाँ खेलाडीहरुको उत्पादन गर्नको लागि स्थापनाकालदेखि लाफा समूहले यस प्रकारका प्रतियोगिताको आयोजना गर्दै आइरहेको यस वर्ष पनि त्यसैको निरन्तरता भएको बताए ।

पाँचौँ लाफा तथा प्रथम मेयर कप वि लेभल मेन्स डबल प्रतियोगितामा प्रथम हुनेले नगद ४० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक विजय गुरुङ्गले बताए । साथै प्रतियोगितामा द्वितीय हुनेले नगद २५ हजार, ट्रफि, र प्रमाणपत्र पाउने छन् भने सेमिफाइनलमा पुग्ने र क्वाटरफाइनलमा पुग्ने २/२ टिमले कम्रशः नगद १५ हजार र १० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्रको व्यवस्था रहेको खेल संयोजक गुरुङ्गले बताए ।

भेन्ट्रान्स मेन्स डबल प्रतियोगिता तर्फ प्रथम हुनले २५ हजार ५५५, द्वितीय हुनले १५ हजार ५५५ र सेमिपफाइनलमा पुग्नेले १० हजार ५५५ सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने खेल संयोजक गुरुङ्गले बताए । खुल्ला बि लेभल मेन्स डबलमा प्रतियोगितामा लुम्बिनी प्रदेशसहित बाग्मती र गण्डकी प्रदेशको टिम गरी ६० टिमको सहभागिता रहने छ भने भेन्ट्रान्स मेन्स डबलमा ३१ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

यस्तै दोस्रो लाफा तथा प्रथम उपमेयर कप बि लेभल भलिबल प्रतियोगिता–२०७९ मा प्रथम हुनेले नगद ४५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक गुरुङले बताए । साथै प्रतियोगितामा द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः नगद २५ हजार, १५ हजार, ८ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । भलिबल प्रतियोगितामा २० देखि २५ टिमको सहभागिता रहने छ भने टिम दर्ताका लागि २ हजार ५०० शुल्क लाग्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि २० बढी खर्च लाग्ने आयोजक लाफा समूहले जनाएकोे छ भने प्रतियोगिताको मुख्य प्रयोजकको रुपमा बुटवल उपमहानगरपालिका र सहप्रायोजकको रुपमा प्रदेश खेलकूल परिषद रहेको छ । गत वर्ष बि लेभल मेन्स डबल तथा भेट्रान्स मेन्स डबल व्याडटमिन्टनको उपाधी आयोजक लाफा समूहले जितेको थियो भने भलिबल मदन भण्डारी स्र्पोटसले हात पारेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार