रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

रुपन्देहीको तिलोत्तमामा दोस्रो लुम्बिनी प्रदेश स्तरीय सी लेभल ब्याडमिन्टन

बुटवल । रुपन्देहीमा शुक्रबारदेखि दोस्रो लुम्बिनी प्रदेश स्तरीय सी लेभल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । आषिश स्पोर्ट हाउस बुटवलको आयोजनामा यही पौष २९ र ३० गते सी लेभल मेन्स डबल र भेट्रान्स तर्फ मेन्स डबल प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा लायन्स क्लब अफ बुटवल स्टारले समेत साथ दिएको छ ।

लुम्बिनी प्रदेशका ३ दर्जन बढी भेट्रान्स तर्फको मेन्स बल र सी लेभलका १२८ बढी मेन्स डबल तर्फको समूह सहभागी हुने आयोजकको अपेक्षा रहेको छ । प्रतियोगितामा मेन्स बल सी लेभल तर्फ प्रथम हुनेले ३२ हजार, द्वितीय हुनेले २२ हजार तथा तृतीय हुनेले १६ हजार नगद राशीसहित कप मेडल र प्रमाणपत्र पाप्त गर्ने छन् । यसैगरी भेट्रान्स (४५ वर्षमाथिका) प्रथम हुनेले २० हजार, द्वितीय हुनेले १५ तथा तृतीय हुनेले १० हजार नगद राशीसहित कपमेडल र प्रमाणपत्र प्राप्त गर्ने आशिष स्पोर्टसका सञ्चालक आयुस कृष्ण श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुनका लागि मेन्स डबल सी लेभल तर्फ २ हजार ५ सय र भेट्रान्स मेन्स डबल तर्फ २ हजार प्रवेश शुल्क राखिएको उनले बताए । गत वर्षको अनुभवलाई लिएर प्रतियोगिता थप व्यवस्थित बनाउने प्रयास गरिएको सहयोगी संस्था लायन्स इन्टरनेश्नल ३२५ पी का सचिव सन्दिप कसौधनले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्नका लागि ७ लाख बढी चर्ख अनुमान गरिएको छ । यस्ता खालका प्रतियोगिताले युवाहरुलाई खेलमा आकर्षण गर्नुका साथै उनीहरुको सर्वाङ्गिण बिकासमा टेवा पुग्ने लायन्स क्लब अफ बुटवल स्टारका पूर्व अध्यक्ष अन्जिल खानले बताए ।

प्रतियोगितामा लुम्बिनी प्रदेश भरीका बी लेभल प्रतियोगितामा प्रथम, दोस्रो तथा तेस्रो उपाधि विजेता बाहेकका खेलाडीले सहभागी हुन पाउने
मुख्य एम्पाए अर्जुन कार्कीले जानकारी दिए । यसैगरी भेट्रान्सतर्फ नेपाली नागरिकता वा कुनै उमेर खुल्ने राज्यबाट जारी गरिएका कुनै प्रमाणपत्र अनिवार्य गरिएको उनले बताए । लायन्स क्लब अफ बुटवल स्टारका अध्यक्ष विजय बर्नवालले प्रतियोगिताले यश क्षेत्रमा खेलकूदको बिकासमा सहयोग पुग्ने उल्लेख गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित