आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि पौवाका शाखा विस्तार तिव्रः मूलकोट र हलेसीमा पनि रिसोर्ट संचालन लुम्बिनीका मुख्यमन्त्री आचार्यको बुटवलमा शपथ, दाङमा पदभार पर्यटकिय हव बन्दै बुटवलको मणिमुकुन्द सेन उद्यान फूलबारी बुटवल–पाल्पा सडक आजदेखि रातिमा बन्द, एम्बुलेन्स चलाउन पनि अनुमति लिनुपर्ने                
समाचार :

रुपन्देहीको तिलोत्तमामा दोस्रो लुम्बिनी प्रदेश स्तरीय सी लेभल ब्याडमिन्टन

बुटवल । रुपन्देहीमा शुक्रबारदेखि दोस्रो लुम्बिनी प्रदेश स्तरीय सी लेभल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । आषिश स्पोर्ट हाउस बुटवलको आयोजनामा यही पौष २९ र ३० गते सी लेभल मेन्स डबल र भेट्रान्स तर्फ मेन्स डबल प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा लायन्स क्लब अफ बुटवल स्टारले समेत साथ दिएको छ ।

लुम्बिनी प्रदेशका ३ दर्जन बढी भेट्रान्स तर्फको मेन्स बल र सी लेभलका १२८ बढी मेन्स डबल तर्फको समूह सहभागी हुने आयोजकको अपेक्षा रहेको छ । प्रतियोगितामा मेन्स बल सी लेभल तर्फ प्रथम हुनेले ३२ हजार, द्वितीय हुनेले २२ हजार तथा तृतीय हुनेले १६ हजार नगद राशीसहित कप मेडल र प्रमाणपत्र पाप्त गर्ने छन् । यसैगरी भेट्रान्स (४५ वर्षमाथिका) प्रथम हुनेले २० हजार, द्वितीय हुनेले १५ तथा तृतीय हुनेले १० हजार नगद राशीसहित कपमेडल र प्रमाणपत्र प्राप्त गर्ने आशिष स्पोर्टसका सञ्चालक आयुस कृष्ण श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुनका लागि मेन्स डबल सी लेभल तर्फ २ हजार ५ सय र भेट्रान्स मेन्स डबल तर्फ २ हजार प्रवेश शुल्क राखिएको उनले बताए । गत वर्षको अनुभवलाई लिएर प्रतियोगिता थप व्यवस्थित बनाउने प्रयास गरिएको सहयोगी संस्था लायन्स इन्टरनेश्नल ३२५ पी का सचिव सन्दिप कसौधनले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्नका लागि ७ लाख बढी चर्ख अनुमान गरिएको छ । यस्ता खालका प्रतियोगिताले युवाहरुलाई खेलमा आकर्षण गर्नुका साथै उनीहरुको सर्वाङ्गिण बिकासमा टेवा पुग्ने लायन्स क्लब अफ बुटवल स्टारका पूर्व अध्यक्ष अन्जिल खानले बताए ।

प्रतियोगितामा लुम्बिनी प्रदेश भरीका बी लेभल प्रतियोगितामा प्रथम, दोस्रो तथा तेस्रो उपाधि विजेता बाहेकका खेलाडीले सहभागी हुन पाउने
मुख्य एम्पाए अर्जुन कार्कीले जानकारी दिए । यसैगरी भेट्रान्सतर्फ नेपाली नागरिकता वा कुनै उमेर खुल्ने राज्यबाट जारी गरिएका कुनै प्रमाणपत्र अनिवार्य गरिएको उनले बताए । लायन्स क्लब अफ बुटवल स्टारका अध्यक्ष विजय बर्नवालले प्रतियोगिताले यश क्षेत्रमा खेलकूदको बिकासमा सहयोग पुग्ने उल्लेख गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार