बुद्धनगर खानेपानीले ‘भोगचलन’ गरेको जग्गामा टोल विकास संस्थाले चलायो स्वीकृती विना डोजर गर्मीमा ‘लू’ बाट कसरी बच्ने ? समृद्धी सलोन एण्ड एकेडेमी द्वारा सम्मान तथा दिक्षित घामबाट बिजुली सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ६ वर्षमा प्रवेश, १ लाख ८० हजारले लिए स्वास्थ्य सेवा रुपन्देहीमा डढेलो निभाउन पुगेको दमकल नै जलेर नष्ट गुल्मीमा विद्युतको तारबाट खरबारीमा लागेको आगोले घर जलायो तराईमा गर्मी उस्तै, लुम्बिनी प्रदेशमा हावाहुरीको चेतावनी ९० लाखको लगानीमा पाल्पा नुवाकाेटमा खुल्याे नुवाकोटगढी रिसोर्ट शान्ती समाज द्वारा दिप प्रज्वलन (फोटो फिचर)                
समाचार :

दोस्रो कालिका रनिङशिल्डको उपाधि कुवरवर्तीलाई

कालिका मानवज्ञान माध्यामिक विद्यालयको ६२ औ वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा भएको दोस्रो कालिका रनिङशिल्ड प्रतियोगिता २०७९ को उपाधि कुवरवर्ती ईगलिस बोडिङ स्कुलले जितेको छ । कुवरवर्तीले १० स्वर्ण, ३ रजत १ कास्य पदकसहित उपाधि हात पारेको हो ।

कालिका मानवज्ञान ९ स्वर्ण, ५ रजत, १ कास्य जित्दै दोस्रो र २ स्वर्ण २ रजत जित्दै एभरेष्ट र्बोडिङ स्कुल तेस्रो भएको छ । प्रतियोगिताको प्रथम, द्घितिय र तृतीय टिमलाई नगद ५० हजार, ३० हजार र २० हजार रुपैया, शिल्ड, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

छात्र भलिबलको उपाधि कुवरवर्ति इगलि बोर्डिङ स्कुलले हात पारेको छ । फाईनल खेलमा उजिरसिह माबिलाई ३-१ को सेटमा जित निकाल्दै स्वर्ण हात पारेको हो । छात्र भलिबलतर्फ तेस्रो स्थानका लागि भएको खेलमा न्यु होराईजन ई बोर्डिङ स्कुलले कालिका मानवज्ञानलाई २-० को सोझो सेटमा पराजित गर्दै विजयी भएको छ ।

छात्रा भलिबलको फाईनल खेलमा एभरेष्ट ई बोर्डिङ स्कुलले न्यु होराईजन ई बोर्डिङ स्कुलमाथि ३-० को सेटमा खेल जित्दै स्वर्ण हात पार्यो । यसैगरि तेस्रो स्थानका लागि भएको खेलमा दीप बोर्डिङ स्कुलले नवज्योति माबिलाई २-० सेटमा पराजित गरेको छ ।
छात्र कबड्डीको फाईनल खेलमा आयोजक कालिका मानव ज्ञान माबिले शिवपुर माविलाई ११३-२८ अंकले पराजित गर्दै स्वर्ण हात पारेको छ । क्यानन ई बो स्कुल तेस्रो भएको छ ।

छात्रा कबडीको उपाधि भने न्यु होराईजन माबिले जितेको छ । फाईनल खेलमा आयोजक कालिका मानव ज्ञान माबिलाई ४२-३५ अंकले जित्दै स्वर्ण हात पारेको हो ।

कविता प्रतियोगितामा प्रशंसा प्रथम

कालिका मानवज्ञान माबिको प्रशंसा भट्टराई शेर बहादुर गुरुङ जिल्ला स्तरीय कविता प्रतियोगितामा प्रथम भएकी छन । शेर बहादुर गुरुङ अक्षयकोष २०६७ द्वारा कालिका मानवज्ञान माबिको ६२ औं वार्षिकोत्सब अवसरमा जिल्लास्तरीय अन्तर माबि कविता प्रतियोगिता सन्चालन गरिएको थियो ।

‘युवा र राजनीति’ शिर्षकमा राखिएको कविता प्रतियोगितामा दीप बोर्डिङ हाइ स्कुलकि अन्जली पान्डे र मणिमुकुन्द मा विकि प्रतिभा अर्याल क्रमशः द्वितीय र तृतिय भएका थिए । प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई क्रमश १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतियोगितामा १५ वटा विद्यालयका विद्यार्थीहरु सहभागी भएका कार्यक्रम संयोजक बिबेकराज पोख्रेलले बताए । प्रतियोगितामा दिल साहनी, ऋषिराम अर्याल र टेकराज अर्यालको मुल्यांकन समितिले निर्णायकको भुमिका खेलेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार