बुटवलमा एमालेको बृहत् जनप्रदर्शन, २९ तस्वीरमा हेर्नुहोस काठमाडौंबाट डाइभर्ट भएको निगमको जहाज भैरहवा नगएर किन गयो दिल्ली? न्यू होराइजन प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगिताको ३२ औँ संस्करण सुरु बुटवलमा भोली हुने एमालेको जनप्रदर्शनको तयारी पूरा बुटवल हस्पिटल प्रा.लि.मा बृहत् रक्तदान, एक सय एक युनिट रगत संकलन कालिका मानवज्ञान माविमा प्रथम त्रैमासिक नतिजा प्रकाशन, ९८ विद्यार्थीलाई ६ लाख ५० हजारको छात्रवृत्ति रवि र छविको मुद्दामा सर्वोच्चमा रहेको मिसिल झिकाउन आदेश उपभोत्ताको मन जित्दै एएसी व्लक, बार्षिक २० करोडको कारोबार शनिवार बुटवलमा एमालेकाे जनसभा हुंदै निराशालाई चुनौती दिन बुटवलमा पाँचतारे होटल ल्यायौँ- चुन्नप्रसाद पौडेल                
समाचार :

आज देखि दोस्रो जिल्लास्तरीय कालिका रनिङशिल्ड प्रतियोगिता सुरु

बुटवल । रुपन्देहीको बुटवलमा अवस्थित कालिका मानवज्ञान माध्यामिक विद्यालयको ६२ औ वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसर पारेर आयोजना गरिएकोे दोस्रो कालिका जिल्लास्तरीय रनिङशिल्ड प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ। 

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गर्दै देशमै शैक्षिक गतिविधिमा अग्रसर रहेको कालिका खेलकुदमा पनि अब्बल रहेको वताउनुभयो ।

आफु पदभार ग्रहण गरेको एक वर्षको अवधिमा नवौ राष्ट्रिय खेलकुदसहित धेरै खेलकुल प्रतियोगिता सम्पन्न गर्न सफल भएको दाबी गर्दैै उहाले उमेर समुहका खेलाडीहरुलाई अवसर दिने रुपमा कार्यक्रम ल्याउन लागिएको वताउनु भयो । खेलकुद विकासमा धेरै लगानी गर्ने विद्यालयहरु पहिचान गरि सम्मानका कार्यक्रमबाट प्रोत्साहन मिल्ने उहाको भनाई छ । एउटा मान्छेको एउटा कर्मका लागि जन्म हुने भन्दै सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा महत्वपूर्ण योगदान हुने गरि घनश्याम पाठक जस्ता ब्यक्तिको जन्म हुने घिसिङले बताउनु भयो।

त्यस्तै प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले सरकारबाट गर्नुपर्ने खेलकुद विकासका धेरै गतिविधि सामुदायिक र नीजि विद्यालयबाट भैरहेको बताउनु भयो।

बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठकले खेलाडी देशको गहना ब्यवहारमा उतार्न जरुरी रहेको वताउनु भयो । समाज परिवर्तनमा प्रत्येक घडीमा चुनौती आउने भन्दै यो पार गर्न सक्नु सफलता भएको उहाँको भनाई थियो ।

विद्यालयका प्रधानाध्यापक दिनेश थापाले स्वस्थ्य र खेललाई प्राथमिकता दिदै शिक्षासंग जोड दिने उदेश्यसहित खेलकुद गतिविधिलाई अगाडि बढाईएको बताउनु भयो।

पुस ७ गतेसम्म संचालन हुने प्रतियोगितामा २४ स्वर्ण, २४ रजत र २४ कास्य पदक गरि ७२ पदकमा खेलाडीहरुले प्रतिस्पर्धा हुने विद्यालयका खेलकुद संयोजक हरिस ओलीले बताउनु भयो । ओलीका अनुसार ४५ वटा विद्यालय सहभागी हुने प्रतियोगितामा प्रथम, द्घितिय र तृतीय टिमलाई नगद ५० हजार, ३० हजार र २० हजार रुपैया, शिल्ड, मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुने बताउनु भयो।

विद्यालयको ६२ औ वार्षिकोत्सब तथा अभिभावक दिवस यहि पुस ७ गते सम्म बिभिन्न कार्यक्रम गरि मनाउने विद्यालयका प्रधानाध्यापक दिनेश थापाले बताउनु भयो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित