भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video                
समाचार :

शुक्रबार देखि कालिकामा जिल्लास्तरिय रनिङशिल्ड हुँदै

बुटवल ।
जिल्लास्तरिय कालिका रनिङ शिल्ड प्रतियोगिताको तयारी पूरा भएको छ । कालिका मानवज्ञान माध्यामिक विद्यालयको ६२ औ वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा पुस १ देखि ७ गतेसम्म हुने दोस्रो संस्करणको रनिङ शिल्ड प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले बताए ।
एथलेटिक्सतर्फ एक सय, दुई सय, चार सय, आठ सय, एक हजार पाच सय मिटर दौड, लङजम्प, त्रिपलजम्प, सटपुट, ४ बाई १ सय रिले, ४ बाई ४ सय रिले प्रतियोगिता हुनेछ । यसैगरि छात्रछात्रा भलिबल प्रतियोगिता हुनेछ जसमा छात्रतर्फ ३८ र छात्रातर्फ २२ टिम भाग लिनेछन । यसैगरि कबाडीतर्फ छात्रमा २८ र छात्रातर्फ २० टिमले भाग लिएको खेल संयोजक हरिस ओलीले बताए । उद्घाटन सत्रमा विद्यार्थीहरुबाट मार्च पास तथा पिटि प्रदर्शन कार्यक्रम गरिने उनले बताए । प्रतियोगितामा २४ स्वर्ण, २४ रजत र २४ कास्य पदक गरि ७२ पदकमा खेलाडीहरुले प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको प्रथम, द्घितिय र तृतीय टिमलाई नगद ५० हजार, ३० हजार र २० हजार रुपैया, शिल्ड, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए। प्रतियोगितामा निजि तथा सामुदायिक ५० वटा विद्यालयहरुले भाग लिने छन ।
राखेपका सदस्यसचिव टंकलाल घिसिङबाट उद्घाटन हुने कार्यक्रममा भलिबल प्रतियोगिता हुनेछ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित