प्रदेशस्तरीय यु-१६ क्रिकेट सुरु, उद्घाटन खेलमा रूपन्देहीको सानदार जित लुम्बिनी प्रादेशिक अस्पतालमा विशेष सर्जरी कार्यक्रम, अप्रेशनका लागि अव पालो कुर्नु नपर्ने मिरा कोष द्वारा लुम्बिनी प्रादेशिक अस्पतालमा खानेपानी र फलफुल वितरण (तस्वीरहरु) लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल आज पनि देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना बुटवल हस्पिटल प्रालिमा यस क्षेत्रमै पहिलो पटक एकै पटकमा दुवै घुँडाको प्रत्यारोपण ज्यामिरे गाउंमा बिजुली बत्ति पुगेपछि स्थानीय खुसी प्रसिद्ध भारतिय तिर्थस्थल ‘अक्षरधाम’को जस्तै म्युजिकल वाटर फाउण्टेन कुञ्जपार्कमा बन्दै अक्सफोर्ड माविमा नुमना निर्वाचन कार्यक्रम सम्पन्न यी प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना                
समाचार :

शुक्रबार देखि कालिकामा जिल्लास्तरिय रनिङशिल्ड हुँदै

बुटवल ।
जिल्लास्तरिय कालिका रनिङ शिल्ड प्रतियोगिताको तयारी पूरा भएको छ । कालिका मानवज्ञान माध्यामिक विद्यालयको ६२ औ वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा पुस १ देखि ७ गतेसम्म हुने दोस्रो संस्करणको रनिङ शिल्ड प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले बताए ।
एथलेटिक्सतर्फ एक सय, दुई सय, चार सय, आठ सय, एक हजार पाच सय मिटर दौड, लङजम्प, त्रिपलजम्प, सटपुट, ४ बाई १ सय रिले, ४ बाई ४ सय रिले प्रतियोगिता हुनेछ । यसैगरि छात्रछात्रा भलिबल प्रतियोगिता हुनेछ जसमा छात्रतर्फ ३८ र छात्रातर्फ २२ टिम भाग लिनेछन । यसैगरि कबाडीतर्फ छात्रमा २८ र छात्रातर्फ २० टिमले भाग लिएको खेल संयोजक हरिस ओलीले बताए । उद्घाटन सत्रमा विद्यार्थीहरुबाट मार्च पास तथा पिटि प्रदर्शन कार्यक्रम गरिने उनले बताए । प्रतियोगितामा २४ स्वर्ण, २४ रजत र २४ कास्य पदक गरि ७२ पदकमा खेलाडीहरुले प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको प्रथम, द्घितिय र तृतीय टिमलाई नगद ५० हजार, ३० हजार र २० हजार रुपैया, शिल्ड, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए। प्रतियोगितामा निजि तथा सामुदायिक ५० वटा विद्यालयहरुले भाग लिने छन ।
राखेपका सदस्यसचिव टंकलाल घिसिङबाट उद्घाटन हुने कार्यक्रममा भलिबल प्रतियोगिता हुनेछ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित