रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

कतार विश्वकप नेइमारको अन्तिम हो ?

काठमाडौं । क्रोएसियाविरुद्ध नेइमारले अतिरिक्त समयमा गरेको गोल उनकै करियरकै महत्वपूर्णमध्ये एक थियो । तर, नेइमारले त्यो गोलको खुसी धेरै बेर मनाउनै पाएनन्, कारण क्रोएसियाको चौथो पेनाल्टीले जाली चुमेसँगै उनको टिम विश्वकपको क्वार्टरफाइनलबाटै बाहिरियो ।

खेलको अतिरिक्त समयमा क्रोएसियाको जब्बर रक्षापंक्ति तोड्दै नेइमारले सानदार गोल गरेका थिए । तर, त्यसको १० मिनेटपछि ब्रुनो पेट्कोभिचले गोल गर्दै क्रोएसियालाई खेलमा फर्काए । त्यसपछि गोल हुन नसक्दा खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । जहाँ क्रोएसियाले ४–२ को नतिजामा बाजी मार्‍याे ।

विश्वकपको क्वार्टरफाइनलमा क्रोएसियासँग पराजित हुनु नेइमारका लागि सबैभन्दा पीडादायी क्षण बन्यो । विश्वकप सबै खेलाडीका लागि राष्ट्रिय टिमबाट जित्न चाहेको सबैभन्दा ठूलो उपाधि बन्छ । तर, अन्तिम आठको त्यो हारले नेइमारलाई पूर्ण रूपमा विक्षिप्त बनायो । उनी मैदानमै भक्कानिए । ब्राजिलियन टिमको सबैभन्दा रुचाइएका खेलाडी भएपनि नेइमारले अझै अन्तर्राष्ट्रिय उपाधि जित्न सकेका छैनन् र उनी अब चार वर्षपछि हुने विश्वकपका लागि ब्राजिलियन टिममा बस्ने नबस्नेबारे पनि निश्चित छैन । क्यानडा, अमेरिका र मेक्सिकोमा विश्वकप २०२६ मा उनी ३४ वर्षको हुनेछन् ।

 

“यसबारे अहिले यहाँ केही निर्णय सुनाउनु निकै हतारो जस्तो हुन्छ । तर, म कुनैपनि कुराको ग्यारेन्टी दिन भने सक्दिन,” क्रोएसियासँग हारेपछि आफ्नो करियरबारे नेइमारले भने, “मैले केही समय लिएर यसबारे सोच्न आवश्यक छ । मैले सेलेकाओका लागि ढोका बन्द गरिसकेको छैन तर, म शतप्रतिशत टिममा फर्किन्छु पनि भन्न खोजेको हैन ।”

कतारको विश्वकपअघि नेइमारले यो नै उनको अन्तिम विश्वकप हो भन्ने कुरामा असहमति जनाएका पनि थिएनन् ।

“इमान्दारसाथ भन्नपर्दा अब के हुन्छ भन्नेबारे मलाई थाहा छैन । अहिले यसबारे कुरा गर्नु मेरा लागि निकै कठिन कुरा हो । अब हाम्रा लागि निराशाजनक र घर जाने समय हो,” अन्तर्राष्ट्रिय करियरबारे दोधारमा देखिएका नेइमारको प्रतिक्रिया दिए ।

neymar 5 1670836016.jpg

सायद उपाधि जित्न नसकेको कुराले नेइमारलाई राष्ट्रिय टिम नछोड्न उत्प्रेरित गराउला । अहिलेसम्म नेयमारले राष्ट्रिय टिमबाट सन् २०१३ को कन्फेडेरेसन्स कप र २०१६ मा भएको ओलम्पिकमा फुटबलतर्फको स्वर्ण पदक जितेका छन् ।

सैद्धान्तिक रूपमा नेइमारसँग राष्ट्रिय टिमबारे निर्णयका लागि मार्चसम्मको समय छ । कारण, यही समयमा सन् २०२६ को विश्वकपका लागि दक्षिण अमेरिकी छनोट सुरु हुने आशा गरिएको छ ।

जब उनले अतिरिक्त समयमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । खेलमा बनाएको अग्रताका कारण ब्राजिल सन् २०१४ पछि विश्वकपको सेमिफाइनल पुग्ने देखिएको थियो । क्रोएसियासँगको यो गोलसँगै नेइमारले ब्राजिलबाट सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने सर्वकालीन महान् खेलाडी पेले (७७ गोल) को कीर्तिमानसँग बराबरी गरेका थिए । तर, खेल सकिन तीन मिनेट बाँकी रहँदा क्रोएसियाले बराबरी गोल फर्कायो र खेललाई पेनाल्टी सुटआउटमा पुर्‍यायो । जहाँ रोड्रिगो र मार्किन्होस पाँचपटकको विश्वविजेता ब्राजिलबाट पेनाल्टी गुमाउने दुई खेलाडी बने ।

neymar 21670836022.jpg

क्रोएसियाविरुद्ध पेनाल्टी सुटआउटमा नेइमारले प्रहारका लागि मौकासमेत पाएनन् । किनभने प्रशिक्षक टिटेले उनलाई पाँचौ प्रहारका लागि राखेका थिए । जुन प्रयोग नै हुन पाएन ।

“यसले फरक पार्न सक्थ्यो भन्न निकै मुस्किल छ (यदि मैले अगाडि नै पेनाल्टी प्रहार गरेको भए) । हामी एक्लै उभिन सक्दैनौँ । हामी एकसाथ जित्छौँ र एकसाथ हाछौँ,” नेइमारले भने ।

सेमिफाइनल खेल्नु नेइमारको लागि राष्ट्रिय टिमबाट विश्वकपमा सबैभन्दा ठूलो सफलता बन्न सक्थ्यो । २०१४ मा ब्राजिलले घरेलु मैदानमा आयोजित विश्वकपको सेमिफाइनलमा प्रवेश गर्दा नेइमारले चोटका कारण खेल्न पाएका थिएनन् । जहाँ ब्राजिलले जर्मनीसँग ७–१ को फराकिलो हार बेहोरेको थियो ।

त्यसको चार वर्षपछि नेइमार र ब्राजिलले विश्वकपको क्वार्टरफाइनलमा बेल्जियमसँग २–१ को हार बेहोर्‍याे ।

नेइमारले चोटकै कारण सन् २०१९ मा ब्राजिलमै भएको कोपा अमेरिका पनि गुमाए । जसको ब्राजिलले उपाधि नै जितेको थियो ।

उनी कतारमा पनि चोटबाट पर रहन सकेनन् । पहिलो खेलपछि नेइमारले लिगामेन्ट चोटका कारण समूह चरणका बाँकी दुई खेल गुमाए । यो चोटका कारण नेइमारले विश्वकपका बाँकी खेल खेल्ने नखेल्नेबारे नै अनिश्चित बनेको थियो । तर, उनले अन्तिम–१६ को खेलसँगै टिममा पुनरागमन गरे । जहाँ ब्राजिलले दक्षिण कोरियालाई ४–१ ले हराउँदा एक गोल गरे ।

neymar 31670836016.jpg

ब्राजिलबाट १८ वर्षको उमेरदेखि खेल्दै आएका नेइमार छोटो समयमा नै राष्ट्रको चर्चित स्टार बने । नेइमारले अहिले नै ब्राजिलको टिम छोडे उनको स्थान लिने खेलाडी अझै देखिएको छैन । भिनिसियस जुनियर र सायद रोड्रिगो– तत्काल नेइमारको स्थान परिपूर्तिका लागि विकल्प बन्न सक्नेछन् ।

ब्राजिलसँगै विश्वभरका धेरै समर्थकले नेइमार फर्किनेछन् भन्ने आशा गरेका छन् ।

“हामीलाई अझै प्रेरित गर्दै जाऊ । म तिमीले गर्ने हरेक गोलमा खुसी मनाउनेछु, जसरी मैले तिमीले खेलेका हरेक खेलमा गर्दै आएको थिए,” पेलेले नेइमारबारे लेखेका छन्, “एक खेलाडीको रूपमा हाम्रो काम प्रेरणा दिनु हो । आजका हाम्रा सहकर्मीलाई, आउँदो पुस्तालाई र यी सबैभन्दा माथि सबैजनालाई जसले हाम्रो खेललाई माया गर्छन् ।”

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार