सिद्धबाबाको ‘मृत्युमार्ग’ माथि सुरुङको नयाँ आशा: अब असोजभित्रै गुँड्नेछन् गाडी सुस्ताको समस्या अध्ययन गर्न सुरक्षा निकायको टोली सीमा क्षेत्रमा, गृह मन्त्रालयलाई प्रतिवेदन बुझाइने श्रमिकमैत्री सवारी ऐन बनाउन माग गर्दै १२ जिल्लाबाट सरकारलाई ध्यानाकर्षण रोटरी क्लब अफ लुम्बिनी स्टार्समा नेतृत्व हस्तान्तरण, नयाँ कार्ययोजना सार्वजनिक नेपाल प्रथम नतिजासँगै दीप बोर्डिङमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत अक्सफोर्ड माध्यमिक विद्यालयमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान मुख स्वास्थ्य सेवाको विस्तारमा सरकार–निजी सहकार्य आवश्यक : स्वास्थ्यमन्त्री घिमिरे रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना  रोटरी क्लब अफ तिनाउ बुटवलको नेतृत्व हस्तान्तरण, सामाजिक सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता बुटवलमा सार्वजनिक भयो नयाँ टीभिएस अपाचे आरटीआर १६० फोर भी, मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ
समाचार :

गोकर्णको योजनाः सम्पन्न हुँदैछ राङदलचौरमा निर्माणधिन अन्तर्राष्ट्रिय रंगशाला

गुल्मी । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–६ अम्मरपुरको बुल्म चौर स्थानीयको गौचरन थियो ।

स्थानीयहरुले दशै तिहारमा यहाँको डाँडोबाट रातो माटो निकालेर विक्रिवितरण गर्ने र गौचरनको रुपमा प्रयोग गर्ने बाहेक अन्य उल्लेख्य फाइदा लिन सकेका थिएनन् ।

कुमाल समुदायको गाउँ बीचमा रहेको यो चौरलाई अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माण गरी खेल क्षेत्रको विकाससँगै यहाँ हुने चहलपहलबाट स्थानीयले फाइदा लिन सक्नेगरी योजनाका संकल्पकार हुन पूर्व मन्त्री तथा नेकपा एमालेका सचिव गोकर्ण विष्ट ।

उनकै योजनामा वि.स २०७४ सालमा सहिद लखन थापाको नाममा जिल्लाकै पहिलो अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणको प्रक्रिया अघि बढेको थियो ।

निर्माणको चरण्मा रहेको लखन थापा अन्तराष्ट्रिय रङ्गशालामा तयार भएको फुटबल मैदान चिटिक्क र हरियाली बन्दै छ । यो रंगशालाको पहिलो चरणको काम सम्पन्न भएको छ ।

बुल्मचौरको डाँडोलाई सम्याएर तीन बर्षमा १ सय ५ मिटर लम्बाई र ६८ मिटर चौडाईको फुटबल मैदान तयार भैसकेको छ । फुटवल, भलिबल, ब्याटमिन्ट, क्रिकेट लगायतका विभिन्न खेलहरु खेलाउन मिल्नेगरी निर्माण भइरहेको मल्टिप्रपोजको यो रङ्गशाला सम्पन्न भएपछि कुनै पनि ठूला प्रतियोगिता ओजनाका लागि गुल्मी तयार हुने बताउँछन् पूर्वमन्त्री विष्ट ।

१५ हजार दर्शक क्षमताको यो रङ्गशाला निर्माणले गुल्मीलाई ठूला खेल प्रयोगिता गर्न सक्ने बनाउने छ ।

हालसम्म उपभोक्ता समिति र सुनकोशी अभियान जेभी मार्फत करिव तीन करोड रुपैयाँमा रंगशालाको माटो कटिङ, फिलिङ, वाल निर्माण र दुवो रोप्ने काम सम्पन्न भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डिल्ली विकले जानकारी दिए ।

उनले राष्ट्रिय खेलकुद परिषद् मार्फत सिधै ठेक्का सम्झौता हुने भएकाले आफूहरुले कहिलेकाँही अनुगमन र रेखदेखको काम गरिरहेको बताए । राष्ट्रिय खेलकुद परिषद्बाट बहुवर्षिय ठेक्का मार्फत रंगशाला निर्माणको काम भएकाले वर्षैपिच्छे छुट्टा–छुट्टै ठेक्का मार्फत काम हुने राष्ट्रिय खेलकुद परिषदका इन्जिनियर माधव देवकोटाले बताए ।

 

रंगशाला नजिकै मदन भण्डारी राजमार्ग, विचित्र गुफा तथा पेरिफेरीमा जनजाति कुमाल समुदाय रहेका छन् । रंगशाला निर्माणले स्थानीय र जिल्लाको समेत समृद्धि प्राप्त हुने आशामा स्थानीय रहेको स्थानीय बोमलाल भण्डारीले बताए ।

उनले समयमै काम भए राजमार्ग र रंगशालासंग जोडेर स्थानीयले थुप्रै व्यावसायीक कामहरु गर्ने भएकाले अर्थोपार्जनमा ठुलो टेवा पुग्ने बताए । रंगशालाको पुरै संरचना निर्माणको लागि एक अर्व ५० करोड बजेट अनुमान गरिएको छ ।

यो बर्ष पनि रंगशाला घेराबार, नाली र गार्ड रुम लगायतको संरचना निर्माणको लागि सुनकोशी अभियान जेभीले डेढ करोड बढिको टेण्डर पाएको प्रोपाइटर गणेश प्रसाद

आचार्यले बताए । आचार्यले सम्झौता हुने बित्तिकै काम काम अगाडी बढ्ने बताए ।

यो रंगशाला गुल्मीका नागरिकको भाग्य भविष्य हो ।

जसका कारण स्थानीय खुसी नहुने कुरै भएन् । तर, अझै धेरै संरचना निर्माणको काममा गर्नुपर्ने भएकाले बाँकी काम भने समयमै सम्पन्न हुनु पर्नेमा स्थानीयको जोड छ ।

पुर्व मन्त्री तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण बिष्टले बहुबर्षीय योजना भएकोले रकम अभाब नहुने र काम नियमित हुने बताए । यो प्रदेशकै गौरवको योजना भएकाले आफूले काम र बजेटको बिषयमा चासो दिइरहेको जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित