अनेरास्ववियु लुम्बिनीको अध्यक्षमा रोल्पाका सन्तोष बाठा निर्वाचित सियारीका अतिविपन्न १४ परिवारलाई घर भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा विमानस्थलको धानवमार्ग र पर्खाल भित्रको जग्गा व्यक्तिका नाममा दर्ता बुटवल उद्योग वाणिज्य संघमा हरीप्रसाद अर्याल प्यानलको उम्मेद्वारी घोषणा होराइजन कलेज, होराइजन गौतम बुद्ध मा.विमा रेडक्रम सर्कल गठन तथा वृक्षरोपण कार्यक्रम तिलोत्तमाको जनता मा.विले भित्रायो दुई बर्षे निःशुल्क औद्योगिक प्रशिक्षण तालीम तस्वीरमा हेर्नुहोस्– ४० करोडमा खोलिएको वृज ग्लास उद्योग माओवादी संग भागबन्डा मिलाउन नसकेपछि गुहार माग्न लुम्बिनीका मुख्यमन्त्री काठमाडौंमा अनेरास्ववियु लुम्विनी वाणिज्य क्याम्पसको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न ‘उच्च रक्तचाप र मधुमेहको नियन्त्रण गर्न सके मुटु रोगबाट बच्न सकिन्छ’                
समाचार :

गौतमबुद्ध विमानस्थलबाट युरेसिया कार्गो कम्पनी द्वारा नेपाली उत्पादन विदेश निकासी सुरु

  • भैरहवा। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंको युरेसिया एक्सपोर्ट एण्ड कार्गो कम्पनीले पनि नेपाली उत्पादन विदेश निकासी सुरु गरेको छ ।

    यसअघि पहिलोपटक काठमाडौंकै हिमालेक्स ट्रेडर्सले राइजिङ स्टार कार्गो प्रालिमार्फत् नेपाली उत्पादन गौतमबुद्ध विमानस्थल हुँदै विदेश निर्यात सुरु गरेको थियो । गौतमबुद्धबाट विदेश नेपाली उत्पादन निकासी सुरु गर्ने युरेसिया दोस्रो कार्गो कम्पनी हो ।

    युरेसियाले बुधबार विमानस्थलमा आवश्यक सबै प्रक्रिया पूरा गरेर बिहीबार बिहान जजिरा एयरलाइन्समार्फत् दुई टन नेपाली सामान युरोपियन मुलुक पठाउन लागेको हो ।

    युरेसियाका निर्देशक रामकुमार थपलियाले युरोपियन मुलुक डेनमार्क दुई टन नेपाली हेण्डक्राफ्ट, उलन र कटनको सामान निर्यात गर्न लागिएको बताए ।

    ‘सरकारले लगानी गर्यो, निजी क्षेत्रले पनि विमानस्थललाई चलायमान बनाउन केही प्रयास गरौं भनेर कार्गो सुरु गरेका हौं’, थपलियाले भने, ‘आज राजश्व तिर्ने, जाँचपास लगायतका सबै काम सकेका छौं, भोलि (बिहीबार) जजिरा एयरलाइन्समार्फत उक्त सामान विदेश जानेछ ।’

    उनले मुलुकमै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बन्नु सबै नेपालीका लागि खुशीको कुरा भएको जनाउँदै यसलाई चलायमान बनाउन निजी क्षेत्रबाट सक्दो प्रयास गर्ने बताए ।

    पछिल्लो समय विमानस्थल संचालनमा कठिनाई भइरहेको भन्दै आलोचना भएको छ । यस्तो अवस्थामा यहाँबाट व्यवसायीले कार्गो पठाउन सुरु गरेपछि विमानस्थल थप चलयमान हुने अपेक्षा गरिएको छ ।

    थपलियाले आफूहरुको चाहना पश्चिम क्षेत्रको उत्पादन गौतमबुद्ध हुँदै विदेश निर्यात होस् भन्ने रहेको बताए । ‘हामीले लामो समय काठमाडौंबाट कार्गो पठाउने गरेका छौं, यसलाई भैरहवामा पनि केन्द्रित गर्न चाहन्छौं’, उनले भने, ‘यस क्षेत्रका व्यवसायीले पनि गौतमबुद्धलाई अधिकतम प्रयोग गर्न जरुरी छ ।

    उनले विमानस्थलमा सुविधाहरु थपिाँदै गएमा कार्गोलाई निरन्तरता दिने जनाए । ‘अब यहाँबाट पनि निरन्तर कार्गो पठाउन पाइयोस् भन्ने नै हाम्रो चाहना हो’, उनले भने, ‘यसका लागि यस क्षेत्रका व्यवसायीहरु र विमानस्थलसँग समन्वय गर्नेछौं । व्यवसायीलाई प्रोत्साहित गर्नेछौं ।’

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार