निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

कमल फूलको औषधिय विशेषता

म्बिनी प्रदेशको हिमाली जिल्ला रुकुम पूर्व विभिन्न किसिमका बहुमूल्य जडीबुटी ओखतीको उदगमस्थल हो । आयुर्वेद औषधिको लागि आवश्यक पर्ने कच्चा जडीबुटीहरु धेरै छन् यो ठाउँमा । रुकुम पूर्वको रुकुम कोटस्थिति कमल ताल यो ठाउँको पर्यटनस्थल पनि हो । जसको संरक्षण र सम्बद्र्धन राम्रो संघ गर्न सक्यौ र प्रचारप्रसारमा ध्यान दियौ भने आन्तरिक तथा बाह्य पर्यटन भित्र्याएर रोजगार तथा आर्थिक उपार्जनका थुप्रै विकल्पहरु देखिन्छन् यो ठाउँमा । साथै यहाँस्थित कमल तालको अर्को सुन्दर पक्ष तालभित्र रहेको कमल फूलले दर्शाउने गर्दछ । वर्षा रीतुमा तालभित्र ढकमक्क फूल्ने कमल फूलले यहाँ आउने पर्यटकको मनमा एक किसिमको रमाइलो उत्साह नै थपेको पाइन्छ । कमल तालको वरिपरि घुम्दै गर्दा टिकटक बनाउने र फोटो खिचेर रमाउनेहरु पनि प्रत्येक दिन जसो थुप्रै आमनागरिक पनि भेटिए, साथै गर्मी दिनमा लुम्बिनी प्रदेशको हिमाली जिल्लाको अर्को महत्वपूर्ण विशेषता भनेको सुन्दर वातावरणसहितको चिसो मौसम पनि हो ।
तालभित्र रहेको कमल फूलको औषधिय प्रयोग
विशेष गरी तालभित्र रहेको कमल फूलको जरालाई औषधिको रुपमा प्रयोग गरिन्छ । वषन्त रीतुमा तालमा पानी थोरै भएको समयमा तालभित्र पसि विधिपूर्वक कमलका जराहरु निकालेर जम्मा गरिन्छ । ति जराहरुलाई धोइ पखाली संरक्षण गरी राखिन्छ । कमलको जरालाई अचार तथा तरकारीको रुपमा पनि प्रयोग गरिन्छ, र पाउडर बनाएर राखि विभिन्न रोगमा पनि प्रयोग गर्न सकिन्छ । कमल र कमलको जरामा औषधिय विशेषता राख्ने निम्न किसिमका रासायनिक तत्व पाइन्छ्न ।
१०० ग्राम कमल फूलमा ७२.१४ मिलिग्राम Moisture, १०.५ मिलि ग्राम Starch,१६.०३ मिलि ग्राम Carbohydrate,२.६ मिलि ग्राम ptotein, ०.१० मिलि ग्राम fat,४.२० मिलिग्राम Fibre, १.१८ मिलिग्राम Ash,४०.०० मिलिग्राम Calccium, ५८.० मिलिग्राम Phosphorus., १.०७ मिलिग्राम क्ष्चयल, ४.०५ मिलिग्राम Vitamina ३८ मिलिग्राम ख्ष्तबmष्लब जस्ता तत्वहरु हुन्छन् ।
शरीरलाई आवश्यक पर्ने विभिन्न तत्वहरुको आपूर्तिदेखि निम्न किसिमका समस्याहरुमा यसको प्रयोग प्रभावकारी मानिन्छ । कमल जराको पाउडर ३–५ ग्रामको मात्रामा नियमित १ महिना बिहान साँझ प्रयोग गर्दा मोटोपन तथा कोलेस्ट्रोल नियन्त्रण गर्दछ ।
उच्च रक्तचाप नियन्त्रणमा प्रभावकारी छ ।
पर्याप्त मात्रामा फाइबर हुने हुनाले मधुमेह रोगमा लाभदायी मानिन्छ । पायारिडोक्सिन तथा भिटामिन बी कम्पेलेक्स जस्ता तत्व हुने भएकोले मोमोरी पावर बढाउन तथा तनाव कम गर्न महत्वपूर्ण मानिन्छ । विभिन्न किसिमका भिटामिन जन्य तत्व हुने हुनाले रोग प्रतिरोधक क्षमता बढाउन महत्वपूर्ण छ ।
हेपाटाइटिस र कलेजो रोगमा यसको लागि यसको प्रयोग अत्यन्तै उपयोगी हुने विभिन्न अनुसन्धानद्वारा पुष्टि भएको छ । चर्म विकार तथा छालाको सुन्दरता बढाउन यसको फूलको लेप तथा जराको प्रयोग अत्यन्तै प्रभावकारी मानिन्छ । रक्त बर्धक तथा पाचन प्रणालिलाई चुस्त दुरुस्त राख्दछ ।
शरीरमा आवश्यक पर्ने फाइबर जन्य तत्वको सन्तुलन कायम गर्दछ ।
लेखक जिल्ला आयुर्वेद रुकुम पूर्वका कार्यालय प्रमुख तथा योग अभियान्ता हुन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित