भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video                
समाचार :

बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना

बर्षौपछि परेको करोडौको विकास योजना सकिने बेला गर्लम्म ढल्दा स्थानीयले फेरी बन्ने आश मारेका थिए । वामी र बडागाउँ जोड्ने बडिगाडको झेदी पक्की पुल २०७६ बैशाख १ गते नयाँ बर्षकै दिन भत्कियो । सोही पुल २०७७ बैशाख ३ गते ढलान गरे फेरि भत्कियो । करोडौको संरचना दुई पटक भत्किएपछि निर्माण व्यावसायी त डुवेनै । स्थानीय पनि निराश थिए । बाढीका बेला खोला तर्न बनाएको पुरानो झोलुङ्गे पुल पनि ०७३ सालको बाढीले जोखिमर्पूण बनाएको थियो ।

नजिकैको पक्की पुल पनि दुई पटक भाँचिएकाले स्थानीयले पुल तर्ने सपना पुरा नहुनेका विश्स्त थिए । तर, प्रत्येक पटक अनुगमनका पुग्ने तत्कालिन सांसद गोकर्ण बिष्टले स्थानीयलाई आशानै दिलाए । त्यसपछि पुलसँगै मन भाँचिएका स्थानीय पनि उर्जाका साथ ताली पिट्थे । अन्तत तेस्रो पटकमा झेँदी पुलमा गाडी गुड्ने भयो । लामो समयको आशा र सपना पुरा गर्न सकेकोमा नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष तथा गुल्मी क्षेत्र नं २ का उमेद्वार गोकर्ण बिष्ट आफै पनि खुसी छन् । पुल नहुँदा स्थानीय बर्षातमा जोखिमपूर्णब पुलबाट र हिउँदमा फड्केबाट आउ–जाउ गर्थे । पक्की पुलकै आशमा स्थानीय कैयनले घर जोखिममा पारेर सडक निर्माण गर्न दिए ।

पुलको सवैभन्दा नजिकका प्रत्यक्षदर्शी मुसिकोट नगरपालिका–३ का बोम बहादुर कार्कीले कैयौ बृद्धहरु पुलको सपना देखेर मात्रै मरेकाले आफुहरु त जिउँदो हुँदै उपभोग गर्न पाएको बताए । दुई पटक भत्किएपछि पुल बन्ने आशा गुमाएका आफुहरुको सपना पुरा गरेकोमा गोकर्ण बिष्टको प्रसंसा गरे । अर्का स्थानीय पदम बहादुर खत्रीले गोकर्ण बिष्टले हरेक पटक पुल भत्किएका बेला आफुहरुलाई भेटेर पुल बनाएरै छाड्छु भनेर आश्वासन दिएको स्मरण गरे ।
दुई पटक ढलान गरेपछि भत्किएको गुल्मीको बडिगाड खोलाको झँेदी पुल तेस्रो पटकमा बनेको हो । यो पुल २०७३ सालमा जिल्ला प्राविधिक कार्यालय गुल्मीले कार्यान्वयन गरेको थियो । तत्कालिन समयमा पुलको वाइटी जय बुद्ध कन्ट्रक्सन प्रालीले पाँच करोड १७ लाख रुपियाँको लागतमा निर्माण सम्झौता गरेको थियो ।

गुल्मीको मुसिकोट नगरपालिका–३ वडागाउँ र वडा नं ७ वामी जोड्ने झेँदी पुल दुई पटक भत्किएपछि डिजाइननै परिवर्तन गरेर निर्माण गरिएको छ । अहिले निर्माण गरेको स्टिल ट्रस कम्पोजिट ब्रिज हो । अहिले स्विस सरकारको भ्याटसहित पाँच करोड १७ लाख ५० हजार ६६५ रुपियाँको लागतमा जलप कन्ट्रक्सन प्रालिले निर्माणको काम गरेको हो । यो पुल निर्माणको सम्झौता २०७९ बैशाख १८ गते भएको थियो । बडिगाड खोलामा निर्माण भएको झेदी पुलको लम्बाई ५६.३० मिटर रहेको छ ।

पुल निर्माणमा तत्कादिल सांसद गोर्कण बिष्टले निकै चासो दिएका थिए । उनले नागरिकका बिचमा गरेका बाचा पुरा गर्न आफुले निर्माण व्यवसायी, सरकार र दातृ निकायसँग निरन्तर संवाद गरेका कारण पुल सम्पन्न गर्न सकिएको बताए । स्थानीय सरकारका तर्फबाट मुसिकोट नगरपालिकाले अनुगमन तथा सहजीकरण गरिरहेको थियो । मुसिकोट नगरपालिकाका मेयर जीवन खरेलले सवैको चासो, चिन्ता र दौडधुपको कारण तीन÷तीन पटक पुल निर्माण संभव भएको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित