मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS

बुटवल । पूर्व अर्थमन्त्री तथा नेकप एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले बुटवल-गोरुसिङ्गे सडक बिस्तारको काममा ढिला सुस्ती नगर्न निर्माण कम्पनीलाई आग्रह गरेका छन् । सडक आयोजनाहरुको निर्माणका लागि शिलान्यास गर्दा जनता खुसी हुने तर, काममा ढिलाईका कारण त्यसबाट खेप्नुपर्ने सास्तीले गर्दा जनता निराश हुनुपर्ने अवस्था आउने गरेको बताउँदै उनले त्यो अवस्या बुटवल–गोरुपसिङ्गे सडक बिस्तारको काममा आउन नदिन आफूले हरेक दिन कार्यप्रगतिको निगरानी गरिरहेको उल्लेख गरेका छन् ।

बुटवल–१३ बेलबासमा बिस्तार हुँदै गरेको बुटवल-गोरुसिङ्गे सडक किनारमै आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एमाले उपाध्यक्ष पौडेलले जनतालाई सकेसम्म कम समस्या हुनेगरी निर्माणका काम गर्न र निर्धारित समयमै योजना सम्पन्न गर्नुपर्नेमा जोड दिए । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्रनम्बर २ बाट उम्मेदवार बनेका पौडेलले बुटवल–१३ मा निर्वाचन कार्यालय उद्घाटनपछि आयोजित सभामा बोल्दै रुपन्दहीलाई बिकासको नमूनाको रुपमा प्रस्तुत गर्ने आफ्ना योजना सुनाए ।

रुपन्देहीलाई बिकासको नयाँ उचाईमा लैजानका लागि भाषणले भन्दा पनि कामबाट देखाउने बताउँदै उनले यहाँ सम्पन्न भएका र सम्पन्न हुने चरणमा रहेका ठूला बिकास निर्माणका योजनाहरु उदाहरणको रुपमा रहेको उल्लेख गरे । ‘रुपन्देहीको बिकासका लागि के–के कुरा आवश्यक छन्, अझै के-के गर्नुपर्ने हो ? तपाईहरुले जनता समक्ष प्रतिवद्धता गर्नुस पूरा गर्ने काम मेरो भयो ।’-कार्यक्रममा सहभागी पार्टीका कार्यकर्ताहरुलाई पौडेलले भने, ‘अब हामी धेरै बोल्नुपर्दैन यहाँ जे-जति भएका छन्, कामबाट देखाएका छौँ, काम गरेरै देखाउने हो ।’

पौडेलले आफू अर्थमन्त्री हुँदा तिनाउ पुलमा सिग्नेचर ब्रिज निर्माणका लागि गरेको पहल साकार हुने चरणमा रहेको बताउँदै टेण्डर प्रक्रियामा अघि बढेको जानकारी गराए । त्यसका लागि आवश्यक बजेटको समेत व्यवस्था भैसकेको उल्लेख गरे । यसैगरी बुटवलदेखि पोखरासम्मको यात्रा अवधिलाई २ घण्टामा सीमित गर्नेगरी बिस्तारको योजना अघि बढेको जानकारी गराउँदै उनले, रुपन्देहीलाई बिकसित र पर्यटकीय शहरको रुपमा स्थापित गर्ने आफ्नो योजना रहेको उल्लेख गरे । भौतिक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य र मानवीय बिकासमा आफ्नो जोड रहेको बताए । संरचनाहरुको बिकास र पूर्वाधारले मात्रै जनताको आवश्यकता पूरा नहुने बताउँदै उनले अबको आफ्नो योजना रोजगार सिर्जना र स्वरोजगारमा केन्द्रित रहेको उल्लेख गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित