मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’

आउँदो २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा गुल्मी एमालेबाट उम्मेदवार छन्–गोकर्ण विष्ट ।

एमाले उपाध्यक्षसमेत रहेका पूर्वमन्त्री विष्टले चार पटक संसदीय चुनाव जितिसकेका छन् । अविरल राजनीतिक आन्दोलनसँगै जिल्लाको समग्र विकास अभियानमा समेत हातेमालो गर्ने उम्मेदवार विष्टले महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन् । गुल्मीको योजनाबद्ध विकास प्रारुप जुन आज भन्दा दुई दशकअघि तत्कालीन सांसद हुँदा विष्टले स्थापित गरेको मान्यताका आधारमा सञ्चालनमा छ भन्दा अनुपयुक्त हुँदैन ।


सडक, पुल, खानेपानी आयोजना, विद्युतीकरण, खेलकूद र शिक्षाको योजनाबद्ध विकास योजना कार्यान्वनमा पु¥याउन सफल विष्ट वास्तविकताको रुपमा रुचाउने नेतामा पर्छन । जीवनमा कुनै पनि एउटा कामले पछि पनि सफलताको ढोका खोल्छ भन्ने मान्यता विष्टको जीवनमा पनि लागू हुन्छ । निर्वाचनको सिलसिलामा मतदाताको घरदैलोमा पुग्दा विष्टलाई देखेर खुसी हुन्छन । मतदाताहरुले गरेको माया र सदभाव देखेर विष्ट पनि उत्तिकै खुसी छन् । नेता विष्ट भन्छन्, ‘जिल्लाबासीले मलाई पटक–पटक सांसद र मन्त्री पनि बनाए । म जनताको भरिया हुँ, अब पनि जितेर यहाँका जनताको मुहारमा खुसी ल्याउने मेरो एकमात्र लक्ष्य छ ।’ ‘मेरो क्षेत्रको भौतिकसँगै दीर्घकालीन विकास गर्न म जुट्नेछु । जनताले दिएको मतलाई कहिले खेर जान दिन्नँ ।’


२०५६ देखि संसदीय यात्रा थालेका विष्ट २०६४ को पहिलो निर्वाचनमा भने पराजित हुन पुगे । त्यसपछिका २०७०, २०७४ र २०७९ का तीन निर्वाचन लगातार जितेर हयाट्रिक पनि गरे । सांसद र मन्त्री हुँदा उनले गरेका काम र परिकल्पना र अगाडि बढाएका कामहरुले आजपनि जिल्ला सबैको मनमा बसेका छन ।

देशको स्रोत र साधनका आधारमा गुल्मी क्षेत्र नं २ मा क्रमश पुरा हुँदै गएका छन् । हरेक चुनावमा मतदाताले लेखेरै बुझाउने मागका चाङ हुन्थे । विद्युतीकरण नहुँदा ढलेका पोल र अध्याँरा घरका फोटाहरु होलेर आलोचना हुन्थ्यो । अहिले सवैठाउँमा बिद्युतीकरण भएको छ । त्यो मात्रै नभएर १३२ केभिएको राष्ट्रिय प्रसारण लाइनका दुई सवस्टेशन निर्वाचन क्षेत्रमा छन् । अरु साना बिद्युत सव स्टेशन बनेका छन् । खानेपानी सडक र पुल नहुँदा पनि आलोचनाले सञ्जाल भरिन्थ्यो । खरका छाना हटाउने देशभरमै पहिलो अभियानको घोषणा गर्दा पनि बिष्टको आलोचना गर्ने कैयन थिए ।

अहिले गुल्मी–२ मा खरका छाना भएका घर भेटिदैनन् । मदन भण्डारी राष्ट्रिय राजमार्ग समृद्धिको महत्वपूर्ण आधार हो । गुल्मीको रिडी–तम्घास–सिमलटारी हुँदै सौतामारे पुग्ने राजमार्गले जिल्लाका थुप्रै क्षेत्रीय तथा रणनीति एवंम स्थानीय सडकहरुलाई जोडेको छ । रेसुङ्गा नगरपालिका, धुर्कोट, इस्मा, मालिका र मदाने गाउँपालिका छोएर जाने राजमार्गका कारण यातयातसहित कृषि, उद्योग र व्यवसायमा महत्वपूर्ण टेवा पुगेको इस्मा गाउँपालिका–६ का कृष्णप्रसाद घिमिरेले बताए ।


मदनभण्डारी राजमार्गकै तम्घास–सिमलटारीको चार स्थानमा पुल नहुँदा प्रतिनिधिका हिसाबले गोकर्ण विष्टको निकै आलोचना समेत भए ।

विष्टको निरन्तरको चासोकाबिच पनि निर्माण व्यवसायीले समयमै काम नगर्दा खोलामा नागरिकले सास्ती पाएका थिए । तर, अहिले हुलाके, धनार्जे, फुलबारी र घमिरखोलामा पक्की पुल निर्माण भएका छन् । जसले सिङ्गो गुल्मी– २ र प्युठानका नागरिकहरुलाई यातयातका लागि सहज भएको छ । अहिले बाह्रैमास गाडीहरु सञ्चालन हुने अवस्था बनेको धुर्कोट गाउँपालिका–६ का भरत भण्डारीले बताए । पहिले खोला बढ्दा पार गर्ने उपाय हुन्थेन्, कसैका त ज्यान समेत गएका यी खोलाहरुको निगरन्तरको लगाब र दबाबकाबीच बनेका पक्की पुलहरुले गाउँ र जनताका मनहरु जोड्न सफल छन् ।


बिष्टको निर्वाचन क्षेत्रमा दर्जनौ पक्की तथा झोलुङ्गे पुल निर्माण भएका छन् । हरेक पालिमामा पुल नभएका स्थान छैनन् । पक्की पुल नभएको ठाउँमा झोलुङ्गे पुल छन् । लिफ्ट मार्फत हरेक स्थानीय तहमा एक घर एक धारा अभियानले खानेपानीको पहुँच बृद्धि भएको छ ।

२०५६ सालको निर्वाचनमा बिष्टले निस्तीको पानी इस्मामा खुवाउँछु भन्दा हावा भनेर गिज्याएको इस्मा गाउँपालिका–३ की ६६ बर्षीया देवकला पाण्डेलाई भर्खरै जस्तो लाग्छ । अहिले निस्तीको पानी इस्मालीका धारोमा खस्छ । त्यो पानी प्रयाप्त नहुने ठाउँमा लिफ्ट मार्फत प्रर्याप्त खानेपानी पुराउने काममा बिष्टको ठूलो योगदान रहेको पाण्डेले बताइन । बिष्टले मतदाताहरुकै मागको आधारमा अहिलेका हरेक क्षेत्रका संरचनाहरु निर्माण भइरहेकाले प्रतिपक्षीहरु आत्तिनु नपर्ने बताउछन् ।

बिगतमा मतदाताको पनि भौतिक विकास पहिलो आवश्यकताको रूपमा माग गरेकाले ठूलो मेहेनत र लगानीमा निर्माण भइरहेका सडक, पुल, बिद्युत र खानेपानीहरुको उदाहरण दिदै बिष्टले अव सामाजिक विकासका जोड दिने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित