मिरा कोष द्वारा लुम्बिनी प्रादेशिक अस्पतालमा खानेपानी र फलफुल वितरण (तस्वीरहरु) लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल आज पनि देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना बुटवल हस्पिटल प्रालिमा यस क्षेत्रमै पहिलो पटक एकै पटकमा दुवै घुँडाको प्रत्यारोपण ज्यामिरे गाउंमा बिजुली बत्ति पुगेपछि स्थानीय खुसी प्रसिद्ध भारतिय तिर्थस्थल ‘अक्षरधाम’को जस्तै म्युजिकल वाटर फाउण्टेन कुञ्जपार्कमा बन्दै अक्सफोर्ड माविमा नुमना निर्वाचन कार्यक्रम सम्पन्न यी प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना नारायणगढ–बुटवल सडक: दाउन्ने क्षेत्रमा काम केन्द्रित लुम्बिनीको नीति तथा कार्यक्रम : नारैनारामा जेलिएको महत्कांक्षी योजना, के-के छन् प्राथमिकतामा ?                
समाचार :

नवौ राष्ट्रिय खेलकुद: कबड्डीमा आर्मीलाई दोहोरो स्वर्ण

पोखरा । गण्डकी प्रदेशमा संचालन भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत कबड्डीमा डिफेन्डिङ च्याम्पियन त्रिभूवन आर्मी क्लवले दोहोरो स्वर्ण जितेको छ ।बिहीबार पोखरामा सम्पन्न अन्तिम प्रतिस्पर्धामा पुरुषतर्फ लुम्बिनी प्रदेशलाई ४१–२० पोइन्टले र महिलातर्फ नेपाल पुलिस क्लवलाई ३०–२३ पोइन्टले पराजित गर्दै आर्मीले दोहोरो स्वर्ण जितेको हो । ।
पुरुषतर्फ पराजित लुम्बिनी प्रदेश र महिलातर्फ नेपालपुलिस क्लवले उपविजेत बन्दै रजत पदकमा चित्त बुझाएका छन् ।प्रतियोगितामा पुरुषतर्फ सुदुरपश्चिम प्रदेश र नेपाल पुलिस क्लव यस्तै महिलातर्फ लुम्बिनी प्रदेश र सशस्त्र प्रहरी बल कास्य पदक विजेता बने ।
प्रतियोगितामा पुरुषतर्फ कर्णाली प्रदेशका मिरा थापा मगर र महिलातर्फ त्रिभूवन आर्मी क्लवकी अनुजा कुलिङ्ग राई उत्कष्ट खेलाडी घोषित भएर जनही ५–५ हजार रुपैयाँ सहित मेडल र पमाणपत्र प्राप्त गरे ।
आर्मी सातौं र आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि महिला तथा पुरुष दुवै समुहको स्वर्ण विजेता हो ।यही असोज ३० गतेदेखि शुरु भएको प्रकितयोगितामा महिला तथा पुरुष गरि सात प्रदेश र ३ विभागिय सहित १०– १० टिमको सहभागिता रहेको थियो ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित