तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

लुम्बिनी एकल लोक गीत प्रतियोगिताको उपाधि बर्दियाकी चन्द्रा लाइ

बुटवल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रष्ठान लुम्बिनी प्रदेशले आयोजना गरेको तेस्रो लुम्बिनी एकल लोक गायन प्रतियोगिताको उपाधी बर्दियाकी चन्द्रा पोख्रेलले चुमेकी छन् । विहिबार बुटवलमा सम्पन्न प्रतियोगितामा अन्य २२ जना फाइनलिष्ट प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधीसँगै ५१ हजार १ सय ११ रुपैयाँ नगद राशी समेत हात पारेकी छन् ।

यसैगरी बाँकेका चन्द्रबहादुर बिश्वकर्मा द्वितीय हुँदै ३१ हजार १११ रुपैयाँ नगद राशी हात पारेका छन् भने तृतीय हुन सफल रुपन्देहीका मधु परियारले २१ हजार १११ नगद राशी हात पारेका छन् । सात्त्वना स्थान हासिल गरेका रोल्पाका प्रगती विष्ट क्षेत्रीले ५ हजार १११ रुपैयाँ नगद राशी हात पारेकी छन् । उपाधी विजेता ४ जनाले चर्चीत संगतीकार खेम सेन्चुरीको एल्बममा गीन गाउन तथा अभिनयका लागि अवसर पाउने छन् ।

प्रतियोगिताका विजेताहरुलाई राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रिता थापा मगरले शुभकामना तथा बधाईसहित पुरस्कार वितरण गरिन् ।

प्रतियोगिताका संयोजक नारायण विपी परियारका अनुसार प्रतियोगितमा १२ जिल्लाबाट प्रारम्भिक छनौटमा १ हजार २३ जना बढी सहभागी भएका थिए । डिजिटल तथा लाइभ अडिसनबाट फाइनलिस्टहरु छनोट गरिएको थियो । लुम्बिनी प्रदेशको रुकुम पूर्वबाट एक जना तथा अन्य जिल्लाबाट २÷२ जना फाइनलिष्ट छनोट गरिएको थियो ।

प्रतियोगिताका विजेताहरुलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशका अध्यक्ष दिपु मगर, राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष अम्बर विरही गुरुङ्ग, पुर्व अध्यक्ष दुर्गा रायमाझी, चन्द्र शर्मा, केन्द्रीय उपाध्यक्ष सुवास विसी, सचिव दिपक गरौजा लगायतले शुभकामना व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सल्लाहकार खेम बहादुर हमाल, सल्लाहकार खेम सेन्चुरी, केन्द्रीय सहसचिव सीता राना, केन्द्रीय कार्यसमिति सदस्य डिल्लिनारायण पाण्डे, प्रदेश सल्लाहकार प्रचण्ड जिसी , केन्द्रस्य सदस्य प्रेम शर्मा, नेपाल पत्रकार महासंघ रुपन्देही उपाध्यक्ष विश्वास ढकाल लगायतले शुभकामना दिएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित