जि २५ क्लबले लागुऔषध दुव्र्यसनी सम्बन्धी सचेतना कार्यक्रम गर्ने बुटवलमा पुस १४देखि नवौँ जिल्लास्तरीय स्नुकर सम्बन्ध सहकारीको छैठौं साधारणसभा रुपन्देहीको फर्साटिकरमा मंसिर २४ देखि व्यापार महोत्सव तिनाउमा बन्ने ‘सिग्नेचर’ पुलको निर्माण प्रक्रिया सुरू लुम्बिनी विकास कोषकी योजना प्रमुख भट्टलाई निलम्बन गर्न माग दोस्रो क्यानन सेभेन ए साइड फुटबलको च्याम्पियन बन्यो होराईजन जिबिएस, स्कलर्सहोम उपविजेता चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् अक्सफोर्ड बाट एनसिसीमा तालिम लिन जाने विद्यार्थीहरुलाई विदाई बुटवलको कान्ति माविबाट १२ पास गरेपछि भविष्य खोज्दै काठमाडौँ गएका थिए माधव                
समाचार :

‘अगस्त्य’ ले दर्शक तान्दै, बुटवलमा कलाकार संगै हाउसफुल

शुक्रवार बाट   रिलिज भएको सौरभ चौधरी निर्देशित चलचित्र ‘अगस्त्य’को प्रतिक्रिया बुझ्न अहिले सौगात हलहलमा दर्शक भेट्न पुगेका छन्।

रिलिज संगै राम्रो प्रतिक्रिया आएको फिल्म अगत्स्यका दर्शक भेट्न काठमाडौँ संगै पोखरा र बुटवल पुगेका सिनेमाका मुख्य कलाकार सौगात मल्लले स्थानीय दर्शकसँग भेटेर फिल्मको प्रतिक्रिया लिएका छन्। सामाजिक कथाभित्रको एक्सन सस्पेन्स र थ्रिलर फिल्म अगत्स्यलाई दर्शकले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका थिए।

उनी अहिले दर्शक भेट्न तराई क्षेत्रमा केन्द्रित छन् । तराईको भू–भागसँगै हरेक नेपालीले हेर्नैपर्ने कथामा चलचित्र बनेको भन्दै उनले अगत्स्यले नेपालीको सामाजिक र मानसिक तवरबाट समग्र कथा भन्ने बताए ।अगस्त्यमा खलनायकको भूमिकामा देखिएका बेन बस्नेत संगै हिडेका सौगातले दर्शकले पछिल्लो दिनमा दिएको राम्रो प्रतिक्रियाले आफुलाई झन् उत्साहित बनाएको र फिल्मले पनि राम्रो अकुपेन्सी गरेको बताए।

फिल्ममा मानसिक सन्तुलन बिग्रिएका युवकको भूमिका मा देखिएका सौगात बास्तवमा प्रहरी अनुसन्धानको एउटा खरो पाटो बनेका छन्। सस्पेन्समै च्याप्टर २ लाई जिम्मा लगाएका उनले फिल्मको उत्कृस्ट प्रतिक्रियाले फिल्म अझै उचाईमा पुगेको बताए।

चलचित्रमा सौगात र प्रमोदका साथै नाजिर हुसेन, मलिका महत, निश्चल बस्नेत, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का लगायत कलाकारको अभिनय छ ।चलचित्रमा निर्देशक चौधरी स्वयंले कथा लेखेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित