रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

‘अगस्त्य’ ले दर्शक तान्दै, बुटवलमा कलाकार संगै हाउसफुल

शुक्रवार बाट   रिलिज भएको सौरभ चौधरी निर्देशित चलचित्र ‘अगस्त्य’को प्रतिक्रिया बुझ्न अहिले सौगात हलहलमा दर्शक भेट्न पुगेका छन्।

रिलिज संगै राम्रो प्रतिक्रिया आएको फिल्म अगत्स्यका दर्शक भेट्न काठमाडौँ संगै पोखरा र बुटवल पुगेका सिनेमाका मुख्य कलाकार सौगात मल्लले स्थानीय दर्शकसँग भेटेर फिल्मको प्रतिक्रिया लिएका छन्। सामाजिक कथाभित्रको एक्सन सस्पेन्स र थ्रिलर फिल्म अगत्स्यलाई दर्शकले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका थिए।

उनी अहिले दर्शक भेट्न तराई क्षेत्रमा केन्द्रित छन् । तराईको भू–भागसँगै हरेक नेपालीले हेर्नैपर्ने कथामा चलचित्र बनेको भन्दै उनले अगत्स्यले नेपालीको सामाजिक र मानसिक तवरबाट समग्र कथा भन्ने बताए ।अगस्त्यमा खलनायकको भूमिकामा देखिएका बेन बस्नेत संगै हिडेका सौगातले दर्शकले पछिल्लो दिनमा दिएको राम्रो प्रतिक्रियाले आफुलाई झन् उत्साहित बनाएको र फिल्मले पनि राम्रो अकुपेन्सी गरेको बताए।

फिल्ममा मानसिक सन्तुलन बिग्रिएका युवकको भूमिका मा देखिएका सौगात बास्तवमा प्रहरी अनुसन्धानको एउटा खरो पाटो बनेका छन्। सस्पेन्समै च्याप्टर २ लाई जिम्मा लगाएका उनले फिल्मको उत्कृस्ट प्रतिक्रियाले फिल्म अझै उचाईमा पुगेको बताए।

चलचित्रमा सौगात र प्रमोदका साथै नाजिर हुसेन, मलिका महत, निश्चल बस्नेत, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का लगायत कलाकारको अभिनय छ ।चलचित्रमा निर्देशक चौधरी स्वयंले कथा लेखेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार