बुटवलमा एमालेको बृहत् जनप्रदर्शन, २९ तस्वीरमा हेर्नुहोस काठमाडौंबाट डाइभर्ट भएको निगमको जहाज भैरहवा नगएर किन गयो दिल्ली? न्यू होराइजन प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगिताको ३२ औँ संस्करण सुरु बुटवलमा भोली हुने एमालेको जनप्रदर्शनको तयारी पूरा बुटवल हस्पिटल प्रा.लि.मा बृहत् रक्तदान, एक सय एक युनिट रगत संकलन कालिका मानवज्ञान माविमा प्रथम त्रैमासिक नतिजा प्रकाशन, ९८ विद्यार्थीलाई ६ लाख ५० हजारको छात्रवृत्ति रवि र छविको मुद्दामा सर्वोच्चमा रहेको मिसिल झिकाउन आदेश उपभोत्ताको मन जित्दै एएसी व्लक, बार्षिक २० करोडको कारोबार शनिवार बुटवलमा एमालेकाे जनसभा हुंदै निराशालाई चुनौती दिन बुटवलमा पाँचतारे होटल ल्यायौँ- चुन्नप्रसाद पौडेल                
समाचार :

बुटवलमा शनिबार सज्जनराज वैद्यको लाइभ कन्सर्ट

बुटवल । युवा पुस्तामाझ लोकप्रिय गायक सज्जनराज वैद्यको नेपाल टुर अन्तरगत शनिबार बुटवलमा लाइभ कन्सर्ट हुने भएको छ । चितवनबाट सुरु भई काठमाडौंसहित देशका पाँच प्रमुख सहरमा आयोजना गर्न लागिएको ‘एकादेशमा नेपाल टुर २०२४’ अन्तरगत बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ६ हजार बढी दर्शकमाझ सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुन लागेको विहिबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

बुटवलमा विभिन्न ४ वटा इभेन्ट अर्गनाइजरहरुको सहकार्यमा कन्सर्ट आयोजना गर्न लागिएको आर्विडरी इभेन्टसका निर्देशक विपिन नकर्मीले जानकारी दिए । दर्शकका लागि अनलाइन पे खल्तीमा टिकट बुकिङ खुला गरिएको उनले जानकारी दिए । लोकल इभेन्ट अर्गनाइजर हिमाल आचार्यका अनुसार जनरल, फ्यान अडियन्स र भिआईपी गरी ३ समूहमा विभाजन गरी १ हजार ५ सय, २ हजार र २ हजार ५ सय टिकट दर कायम गरिएको उनले जानकारी दिए । शनिबार दिउँसो ३ बजेदेखि हुने कार्यक्रममा अनलाइन बुकिङ नगरेका दर्शकहरुका लागि क्यास काउन्टरबाट पनि टिकट उपलब्ध गराइने एमएन प्रोडक्सनका निर्देशक अक्षर श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा लागि आफ्नै साउण्ड सिस्टम तथा लाइटिङ तथा विश्वका चर्चित व्याण्डहरुमा अनुभव प्राप्त ७ जना साउण्ड इन्जिनीयर रहेको आयोजकले जनाएको छ । बुटवलमा हुने इभेन्ट सम्पन्न गर्नका लागि ९० लाख बढी खर्च अनुमान गरिएको बताउँदै आयोजकले यहाँबाट हुने आम्दानीको केही रकम बुटवलमै आँखा शिविर सञ्चालनका लागि सहयोग गर्ने जनाएको छ । यो इभेन्ट बुटवलमा हालसम्मकै ठूलो हुने आयोजकको दाबी छ ।

सज्जन राज वैद्य हालका सफल र श्रोताहरुका प्रिय संगीतकर्मीमध्ये एक हुन् । ‘हवाइजहाज’, ‘चिट्ठी भित्र’, ‘मायालु’, ‘सस्तो मुटु’ जस्ता उनका गीतहरू नेपाली युवा पुस्तामा अत्यधिक चर्चित छन्, । उनका गीतहरूले पछिल्लो समय युट्युबमा करोडौं भ्युज पाउने गरेको छ । नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित गराउँदै आएका सज्जनका गीतहरूले उनलाई समकालीन नेपाली संगीतको आइकन बनाइसकेका छन् । यो टुर सज्जनको पहिलो आधिकारिक नेपाल टुर हो ।

यस सांगीतिक यात्राका अन्य कार्यक्रमहरू कात्तिक १६ गते पोखरा, कात्तिक २४ गते इटहरी, र मंसिर १ गते काठमाडौंमा आयोजना गरी समापन हुने छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित