मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

बुटवलको ‘द्वारिका उदय सिनेमा’ हलमा पनि लागेन ‘आदिपुरुष’

भारतीय फिल्म ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने संवाद विवादपछि बुटवलको चलचित्र भवन ‘द्वारिका उदय सिनेमा’ले उक्त फिल्म प्रदर्शन नै गरेको छैन । चलचित्र संघका पूर्व अध्यक्ष समेत रहेका प्रदीप कुमार उदयले आफ्नो हलमा शुक्रबारदेखि नै फिल्म नचलाइएको जानकारी दिए ।

‘भारतीय फिल्म आदिपुरुषको सम्बन्धमा राष्ट्रवादीहरू गम्भीर हुन जरुरी छ । राष्ट्रियता भन्दा माथि कोही र केही हुनै सक्दैन’, उदयले भने, ‘दर्शकवृन्दमा क्षमा माग्दै द्वारिका उदय सिनेमामा फिल्म आदिपुरुष नचल्ने जानकारी गराउँछु ।’

उदय भन्छन्, ‘नेपाल भारत बिच विशेष सम्बन्ध छ । सांस्कृतिक, पारिवारिक सम्बन्ध छ । तथापि जस्तो सुकै सम्बन्ध रहेता पनि देशको राष्ट्रियता भन्दा माथि कोही र केही हुन सक्दैन । नेपालको स्वाधीनताको खिलाफमा हुने जुनसुकै हर्कतको प्रतिवाद गर्छौ । यही भावनाले हामीले हाम्रो सिनेमा हलमा चलचित्र आदिपुरुष सुरु बाटै प्रदर्शन गरेनौ । चलचित्र ‘आदिपुरुष’मा राखिएको संवादले दुई देश बिचको पारस्परिक सम्बन्धमा आँच आउने सक्ने अवस्था रहँदा वर्तमान शासक मूकदर्शक भएर बस्नु, नदेखे जस्तो गर्नु अर्थपूर्ण छ र यो वर्तमान सरकारको लाचारीपन हो ।’

तर यही एउटा चलचित्रलाई लिएर सबै हिन्दी चलचित्र चलाउन नदिनु भनेको दुई देश बिचको सम्बन्धमा खलल पुराउनु पनि भएको उनले बताए । यो वास्तविकतालाई सम्बन्धित पक्षले बुझ्नु जरुरी रहेको उनको भनाइ छ ।

भारतको एउटा व्यक्तिले गरेको गल्तीलाई समस्त भारतीयको गल्ती सम्झनु अन्ध राष्ट्रवाद भएको भन्दै उनले भने, ‘काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहले चलचित्र आदिपुरुषको संवादको विषयलाई लिएर सो चलचित्रको सम्बन्धमा लिएको कदममा सहमत छु । तर त्यही विषयलाई लिएर अन्य भारतीय चलचित्र समेत चल्न नदिने कार्यमा सहमत हुन सकिँदैन । यदि रोक्ने नै हो भने नेपालीले आयोजना गर्ने व्यक्तिगत वा सार्वजनिक कार्यक्रममा बजाइने भारतीय गीत सङ्गीत रोकौँ ।’

बिना सेन्सर घर घरमा २४ घण्टा टेलिभिजनमा आउने भारतीय च्यानल रोकिनुपर्ने उनको भनाइ छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित