तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video पहिरोको त्रास अन्त्य गर्ने तयारी : असोजदेखि सिद्धबाबा सुरूङमार्गबाट सवारी गुड्ने ‘बुद्धभूमि’मा बढ्यो प्रवेश शुल्क : लुम्बिनीमा कोषविरुद्ध स्थानीय र पर्यटन क्षेत्र आक्रोशित सानो शरीर, विशाल सपना : रंग र सङ्घर्षले कोरेको गंगा आर्ट्सको कथा बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो                
समाचार :

तस्वीरमा हेर्नुहाेस् – आजदेखि औपचारिक रुपमा सञ्चालनमा आएकाे लुम्बिनी केवलकार

बुटवल : बुटवल हिल्सद्वारा प्रवर्धित लुम्बिनी केवलकार आजदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ।

बुटवल र पाल्पाको सन्तपुर डाँडा जोड्ने गरी निर्माण गरिएको लुम्बिनी केवलकारको आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरे।

प्रधानमन्त्री दाहालले पाल्पाको तिनाउ गाउँपालिका–३, स्थित केवलकारको माथिल्लो स्टेशनबाट उद्घाटन गरेका हुन्। सो अवसरमा बोल्दै उनले केवलकार सञ्चालनमा आएसँगै यस क्षेत्रको पर्यटकीय गतिविधि चलायमान हुने बताए।

२०६० सालदेखि प्रक्रिया अघि बढेको केवलकारको २०७७ फागुन १ गते तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गरेका थिए। केवलकारको सफल परीक्षण पछि जेठ १५ गते देखि नै सर्वसाधारणका लागि खुल्ला गरिएको थियो ।

आईएमई ग्रुपको ७५ प्रतिशत र बुटवलका उद्योगी व्यवसायीको २५ प्रतिशत लगानी रहेको केवलकार सञ्चालनमा आए सँगै यस क्षेत्रमा पर्यटकीय गतिविधि बढ्ने अपेक्षा गरिएको छ।

३ अर्ब रुपैयाँको लागतमा तयार हुन लागेको लुम्बिनी केवलकार परियोजना भित्र रिसोर्टदेखि जीपलाइन चलाउनेसम्मका योजना छन्।

केवलकारको टप स्टेसनमा खाजा नास्ताका लागि रेस्टुरेन्ट, जीपलाइन, स्विमिङ पोखरी लगायतका संरचना तयार भइरहेका छन्।

दोस्रो चरणमा पाँचतारे होटल, कम्प्लेक्स लगायतका संरचना निर्माण गर्ने योजना प्रालिको छ। मनोकेवल डिट्याचेबल गोन्डुला (बाकस) सिस्टम रहेको केबलकारले २४ गोन्डुलामध्ये प्रतिगोन्डुलामा ८ जनाका दरले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सकिन्छ।

झण्डै तीन किलोमिटरको दूरीमा केवलकारका ९ वटा टावर छन्। सरकारले केवलकार सञ्चालनका लागि ६.२७ हेक्टर वन क्षेत्र २५ वर्षसम्म भोगाधिकारका लागि दिएको छ।

बुटवलको गर्मीबाट आजित भएका बुटवलबासी केही समय शीतलताका लागि भए पनि वसन्तपुरमा जाने गरेका छन्। बुटवल र वसन्तपुरको तापक्रम १० डिग्रीसम्म फरक पर्छ। बुटवलको अधिकतम तापक्रम ४२ डिग्री हुँदा त्यहाँ अधिकतम ३५ डिग्री हुने गर्दछ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित