बुटवलमा एमालेको बृहत् जनप्रदर्शन, २९ तस्वीरमा हेर्नुहोस काठमाडौंबाट डाइभर्ट भएको निगमको जहाज भैरहवा नगएर किन गयो दिल्ली? न्यू होराइजन प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगिताको ३२ औँ संस्करण सुरु बुटवलमा भोली हुने एमालेको जनप्रदर्शनको तयारी पूरा बुटवल हस्पिटल प्रा.लि.मा बृहत् रक्तदान, एक सय एक युनिट रगत संकलन कालिका मानवज्ञान माविमा प्रथम त्रैमासिक नतिजा प्रकाशन, ९८ विद्यार्थीलाई ६ लाख ५० हजारको छात्रवृत्ति रवि र छविको मुद्दामा सर्वोच्चमा रहेको मिसिल झिकाउन आदेश उपभोत्ताको मन जित्दै एएसी व्लक, बार्षिक २० करोडको कारोबार शनिवार बुटवलमा एमालेकाे जनसभा हुंदै निराशालाई चुनौती दिन बुटवलमा पाँचतारे होटल ल्यायौँ- चुन्नप्रसाद पौडेल                
समाचार :

आज कोजाग्रत पूर्णिमा, देवस्थल मन्दिरमा महाआरती (तस्वीरहरु)

आज कोजाग्रत पूर्णिमा, दशैंलाई बिदा गरी लक्ष्मीको स्वागत गरेर मनाउँने दिन ।

कोजाग्रत पूर्णिमाको अवसरमा आज बुटवल–११ योगिकुटी स्थित देवस्थल मन्दिरमा सन्ध्याकालिन महाआरती सम्पन्न भएको छ ।

आजको दिनदेखि नै १५ दिन लामो दुर्गा पक्ष अर्थात् नेपालीहरूको महान् चाड समाप्त हुन्छ ।

धार्मिक एवं ऐतिहासिक धरोहरको रुपमा रहेको देवस्थल मन्दिर परिषरमा कोजाग्रत पूर्णिमाको अवसरमा मानव कल्याण, जीवकल्याण र विश्वशान्तिको कामना सहित महाआरती गरिएको हो ।

महाआरतीमा बुटवल, तिलोत्तमा, शुद्धोधन, सैनामैना, देवदह, भैरहवा लगाएतका स्थानबाट भक्तजनको उपस्थिती रहेको थियो ।
बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न महाआरतीमा सयौ भक्तजनहरुको उपस्थिती रहेको थियो ।

देवस्थल मन्दिरमा प्रत्येक महिनाको पूर्णिमामा महाआरती हुँदै आएको छ । देवस्थल मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष पुष्पा शर्माले ‘महाआरती’ ले धार्मिक पर्यटन प्रवद्र्धन गरेको बताईन ।


साथै उनले समाजमा नैतिकता सदाचार र मर्यादाका लागि धार्मिक समारोहको महत्वपूर्ण भूमिका हुने महाआरतीले मानव भित्र रहेका विकार तत्वहरु कोध, मोह, लोभ, काम बाट छुट्कारा दिलाउनुका साथै मानव जीवनका दुःख कष्ट बिध्नबाधा बाट मुक्त गरी मानव जीवनमा ज्ञात, अज्ञातमा हुने कुर्कम बाट मुक्ती प्राप्त हुने, पितृ उद्दार एवं पितृ दोष बाट मुक्त हुने बताईन ।

आरतीमा विशेषगरी धुप, घ्यू, ल्वाङदानी, कपुर, फूलपाती, मयुर पङ्ख, सेतो चमर, अलैँचीदाना, लाछी घागो लगायतका विभिन्न सुगन्धित वस्तुको प्रयोग गरिएको थियो । सङ्गीतमय रूपमा शङ्ख उद्घोषबाट सुरु र अन्त्य गरिने महाआरतीमा प्रत्येक पूर्णिमामा भक्तजनहरूको सहभागिता बढ्दै गएको समितिका बरिष्ठ उपाध्यक्ष कमल नेपालले बताए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित