तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

बुटवलबाट गाउँ फर्कनेहरू बढे ( तस्विरहरू )

दशैं नजिकिएसँगै बुटवल बसपार्कमा घर फर्कने यात्रुको भीड बढेको छ। सार्वजनिक विदा सुरु भएसँगै पहाडतर्फ (जन्मघर) जानेको संख्या उल्लेख्य रूपमा बढेको हो।

हिन्दु नेपालीहरूको महान् चाड बडादशैंको टीका थाप्ने दिन असोज १६ आउन अब तीन दिन मात्र बाँकी छ। आफन्तजनसँग भेटघाट र टीका थाप्न घर जानेहरुको चाप बढेपछि बसपार्कमा भीड भएको हो।

यात्रुहरूले टिकट अभाव र व्यवस्थापनमा कमी भएको गुनासो गरेका छन्। बुटवल बसपार्कबाट गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा लगायतका पहाडी जिल्लातर्फ जानेको भीड विशेष गरी बढेको छ।

बसपार्कमा यात्रु सहायता कक्ष (हेल्प डेस्क) राखिएको छ भने चाडपर्वमा हुन सक्ने जोखिमलाई ध्यानमा राखी सुरक्षा व्यवस्था पनि कडाइ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्र रानाले जानकारी दिए। यात्रु सहायता कक्षमा झोला हराएको, टिकट नपाएको, सामान साटिएकोजस्ता गुनासोसमेत आएका छन्।

पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलका अनुसार यात्रुको सहजताका लागि पर्याप्त सवारी साधनको व्यवस्था गरिएको छ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित