बुटवलमा एमालेको बृहत् जनप्रदर्शन, २९ तस्वीरमा हेर्नुहोस काठमाडौंबाट डाइभर्ट भएको निगमको जहाज भैरहवा नगएर किन गयो दिल्ली? न्यू होराइजन प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगिताको ३२ औँ संस्करण सुरु बुटवलमा भोली हुने एमालेको जनप्रदर्शनको तयारी पूरा बुटवल हस्पिटल प्रा.लि.मा बृहत् रक्तदान, एक सय एक युनिट रगत संकलन कालिका मानवज्ञान माविमा प्रथम त्रैमासिक नतिजा प्रकाशन, ९८ विद्यार्थीलाई ६ लाख ५० हजारको छात्रवृत्ति रवि र छविको मुद्दामा सर्वोच्चमा रहेको मिसिल झिकाउन आदेश उपभोत्ताको मन जित्दै एएसी व्लक, बार्षिक २० करोडको कारोबार शनिवार बुटवलमा एमालेकाे जनसभा हुंदै निराशालाई चुनौती दिन बुटवलमा पाँचतारे होटल ल्यायौँ- चुन्नप्रसाद पौडेल                
समाचार :

बुटवलबाट गाउँ फर्कनेहरू बढे ( तस्विरहरू )

दशैं नजिकिएसँगै बुटवल बसपार्कमा घर फर्कने यात्रुको भीड बढेको छ। सार्वजनिक विदा सुरु भएसँगै पहाडतर्फ (जन्मघर) जानेको संख्या उल्लेख्य रूपमा बढेको हो।

हिन्दु नेपालीहरूको महान् चाड बडादशैंको टीका थाप्ने दिन असोज १६ आउन अब तीन दिन मात्र बाँकी छ। आफन्तजनसँग भेटघाट र टीका थाप्न घर जानेहरुको चाप बढेपछि बसपार्कमा भीड भएको हो।

यात्रुहरूले टिकट अभाव र व्यवस्थापनमा कमी भएको गुनासो गरेका छन्। बुटवल बसपार्कबाट गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा लगायतका पहाडी जिल्लातर्फ जानेको भीड विशेष गरी बढेको छ।

बसपार्कमा यात्रु सहायता कक्ष (हेल्प डेस्क) राखिएको छ भने चाडपर्वमा हुन सक्ने जोखिमलाई ध्यानमा राखी सुरक्षा व्यवस्था पनि कडाइ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्र रानाले जानकारी दिए। यात्रु सहायता कक्षमा झोला हराएको, टिकट नपाएको, सामान साटिएकोजस्ता गुनासोसमेत आएका छन्।

पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलका अनुसार यात्रुको सहजताका लागि पर्याप्त सवारी साधनको व्यवस्था गरिएको छ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित