तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

भैरहवाको टाइगर प्यालेस रिसोर्टले हदबन्दी भन्दा बढी जग्गा राखेको ठहर

  • जफत गर्ने प्रक्रिया समेत अघि बढ्यो
  • मालपोत कार्यालय रुपन्देहीले भैरहवाको टाइगर प्यालेस रिसोर्टले हदबन्दीभन्दा बढी जग्गा राखेको ठहरसहित जफत गर्ने प्रक्रिया अघि बढाएको छ ।
    उजुरी परेपछि अध्ययन गर्दै जाँदा हदबन्दीभन्दा बढी जग्गा राखेको भेटिएकाले जग्गा रोक्का राखेको हो । भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक प्रतिनिधी सोतीले हदबन्दीभन्दा बढी जग्गा भेटिएको पुष्टि गरे ।
    उजुरी परेको र छानविन गर्दा ११ विगाहा राख्न पाउनुपर्नेमा १३ विगाहा राखेको भेटिएको भन्दै उनले अन्य ठाउंमा पनि जग्गा छ कि भनेर सम्बन्धित निकायबाट खोजविन भइरहेको बताए ।
    थप जग्गा भेटिए त्यो पनि जग्गा सरकारले जफत गर्ने उनको भनाई छ । भूमिसम्बन्धी ऐनअनुसार हदबन्दीभन्दा बढी जग्गा राखेको भेटिए बढेको हदसम्मको जग्गा सरकारले जफत गर्न पाउंछ । त्यसरी जफत गर्दा सम्बन्धित जग्गाधनीले आफूले राख्ने जग्गा रोज्न पाउने उनले बताए ।
    प्रारम्भिक रुपमा नै कैफियत भेटिएपछि जग्गा रोक्का राखेर थप छानविन भइरहेको उनको भनाई छ ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित