दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

लागु औषध प्रयोगकर्तालाई खोज्न हिडेको प्रहरीले जव नक्कली मह बनाउने गिरोह भेट्टायो…

बुटवल । बुटवल उपमहानगरपालिकाको वडा नं. ११ बुद्धनगर, सिर्जनानगर क्षेत्रमा लागु औषध प्रयोगकर्ताले स्थानियलाई दुःख दिएको गुनासो जनप्रतिनिधीलाई पुग्यो ।

गाजा खाने, टोलमा होहल्ला गर्ने युवाहरुको हर्कतले आजित भएका स्थानियहरुले जनप्रतिनधीलाई आफ्नो बेदना पोखे ।

वडा नं. ११ का वडा सदस्य नहकुल शाही ठकुरीले स्थानियको गुनासो बुटवल देविनगरको प्रहरी चौकीलाई जानाकारी गराए । त्यसपछि शनिबार राती लागु औषध प्रयोगकर्तालाई पहिचान गर्ने र पक्राउ गर्ने भन्दै जनप्रतिनिधी नहकुश शाही ठकुरी, प्रहरी चौकी देविनरका प्रमुख सहि लक्ष्मण न्यौपाने सहितको टोली लागु औषध प्रयोगकर्ताको सर्च अभियानमा हिड्यो ।

त्यहि क्रममा सिर्जनानगर पुगेको टोलीलाई त्यहाँकै स्थानियले नक्कली मह बनाउने पनि सिर्जनानगरमा रहेको सूचना दिए । त्यसपछि लागु औषध प्रयोगकर्ताको सर्चमा गएको टोली नक्कली मह बनाउने गिरोहको खोजी र पहिचानमा लाग्यो ।

प््रााप्त सूचना अनुसार प्रहरी एक घरमा पुग्यो । त्यहाँ पुग्दा नक्कली मह बनाउन तयार पारिएको अवस्थामा एक क्युन्टल बढि नक्कली मह प्रहरी भेटटयो । त्यसपछि त्यीनै व्यक्तिबाटै थप ३ जना नक्कली मह बनाउने गिरोह सम्म प्रहरी पुग्यो ।
‘सुरुमा भेटिएका व्यक्तिले नै अन्य ३ जनाको पोल खुलेपछि हामी राती नै त्यहाँ पुग्यो । हामीले ४ घरबाट शनिबार राती मात्र ४ क्युन्टल बढि नक्कली मह सहित ७ जनालाई पक्राउ गरेका हौ’ प्रहरी चौकी देविनगरका सहि लक्ष्मण न्यौपानेले भने ।

पक्राउ पर्नेमा भारत देश विहार विरपुरका ५२ वर्षीय मनिस धामी सोही ठाउँका ५५ वर्षीय इन्द्रजित धामी, २१ वर्षीय पिन्टु धामी, ३१ वर्षीय सुधिर धामी, २० वर्षका रविन धामी, ४८ वर्षका अरुण धामी र २८ वर्षका वुदुवा धामी रहेको वडा प्रहरी कार्यालय रामनगरले बताएको छ ।

शनिबार राती नक्कली मह बनाउने व्यक्ति पक्राउ परेपछि आईतबार विहान सिर्जनानगरमै नक्कली मह बनाउने गिरोहको भागभाग भएको भयो ।


प्रहरी र जनप्रतिनिधीको टोलीले आईतबार विहान पनि ३ वटा घरबाट नक्कली मह बरामद गरि नष्ट गरेको छ । जनप्रतिनिधी नहकुल शाही ठकुरीले घर अगाडि खाडल खनी गाडेर राखेको अवस्थामा नक्कली मह फेला पारिएको बताए ।

शनिबार राती नै केही व्यक्ति पक्राउ परेको जानाकारी पाएपछि घरमा ताल्चा लगाएर गिरोह भागेको स्थानियहरुले बताएका छन् ।

नक्कली मह बनाउने सवै भारतिय रहेको बताइएको छ । उनीहरुले सिर्जनानगरमा घर भाडामा लिएर नक्कली मह बनाउने र गाउँगाउँमा लगेर खुल्ला रुपमा विक्रि गर्ने गरेको बताइएको छ ।

मह जस्तै बनाउन नक्कली महको चाका समेत भारतबाटै ल्याउने र चिनीमा उक्त चाका पकाएपछि नक्कली मह बन्ने गरेको शाहीले बताए ।
नक्कली मह बनाउने गिरोहको घरबाट प्रहरीले ५० केजी भन्दा बढि भारतिय चिनी पनि बरामद गरेको छ ।

‘मौरीको मह भन्ने गराउन दुई÷चार वटा मौरी त्यहि राख्ने । अनि भारतबाटै मौरीको चाका जस्तै देखिने बस्तुलाई चिनी पानी बनाएर पगालेपछि मह जस्तै दुरुस्तै बनाएर गाउँमा लगेर उनीहरुले बेच्ने गरेको पाईयो’ शाहीले भने ।

प्रहरीले दुई दिनमा ७ घरबाट ६ क्युन्टल बढि मह बरामद गरि नष्ट गरेको छ भने ७ जनालाई पक्राउ परेको छ । बरामद गरिएको मह परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्याल भैरहवामा नमूना पठाइएको वडा प्रहरी कार्यालय रामनगरका प्रमुख अर्जुन पौडेलले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित