दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

बुटवलको हैदरावादी मट्का विरयानीः पौने दुईक्वीन्टल मासु र ८० किलो चामलको दैनिक पाक्छ विरयानी

चामल, मासु, अण्डा, घिउ र विभिन्न मसलाको स्वाद सहित एउटै थालीमा पस्किने विरयानी मुस्लिम समुदायको विशेष परिकार मानिन्छ ।
भारतमा मुगल शासनकालमा सुरु भएको मानिने विरयानी पाकिस्तान र भारतको विशेष खाना समेत हो । रोल्पाका जनक खड्का भने विगत दुई वर्षदेखि बुटवलका खानाका पारखीहरुलाई विरयानीको स्वाद चखाई रहेका छन् ।
सधै नेपाली दाल, भात, तरकारीको स्वादमा भुलेका बुटवलका उपभोक्ताको जिब्रोलाई अहिले हैदरावादी मट्का विरयानीको स्वादले पनि लोभ्याउन थालेको छ । रोल्पाको सुनिल स्मृति गाउपालिका गजुरमा जन्मिएका जनक भारतीय सेनामा जागिरे रहेका बुवा मनबहादुर खड्कासग सानो उमेरमै भारतको हैदरावाद गएका थिए । आफ्नो पढाईसंगै विरयानी बनाउने सिप पनि जनकले भारतमै सिके ।
०७६ सालसम्म हैदरावादमै होटल चलाएका जनकले विगत दुईवर्ष देखि बुटवलको अमरपथ र ९ महिनादेखि नेपालगञ्जरोडमा गरि दुईस्थानमा हैदरावादी मट्का विरयानी होटल चलाउँदै आएका छन् । दुईवटा होटलको मासिक डेढ लाख घरभाडा बुझाउने जनकले दैनिक १ लाख भन्दा बढिको विरयानी विक्री गर्ने बताए ।


‘पहिलो दिन दुईकिलो चिकन र दुईकिलो चामलको विरयानी बनाएका थियौं, अहिले दैनिक पौने दुईक्वीन्टल मासु र ८० किलो चामलको विरयानी पाक्ने गर्छ’ जनकको दावी छ । १४ जना कामदारले रोजगारी पाएको विरयानी हाउसमा भान्साको मुख्य काम र हिसाबकिताबको जिम्मेवारी भने परिवारका सदस्य मिलेर गर्छन् ।


बजारबाट सामान मगाउने र मसला बनाउने जनकको जिम्मेवारी छ भने भान्साको मुख्य जिम्मेवारी श्रीमती डिला खड्काको हातमा छ । हिसाबकिताव छोरीहरु चन्द्रिका र चन्द्राले सम्हाल्छन् । हालै एसईई परिक्षा दिएकी कान्छी छोरी विष्णुपनि होटलमा सघाउन थालेकी छन् । घरको सबै परिवार खटिने भएकोले कारोबारको ३५ प्रतिशत जति मुनाफा निस्किने जनकले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित